डायलाईसिस खोजेको यो क्षेत्र



जयप्रकाश आनन्द
भारतको बिहार राज्यमा त्यहाँको सरकारले धानको न्यूनत्तम समर्थन मूल्य प्रति क्वीन्टल नेरू २९०४/- (भारू १८१५/-) तोकेको छ । यता, नेपाल सरकारले हालै मोटा धानको प्रति क्वीन्टल मूल्य २५३१/२२ पैसा तोकेको छ । बिहारको मूल्य नेपालको भन्दा एक क्वीन्टलमा रू ३७२/७८ पैसाले बढी छ । यदि एक ट्याक्टर धान (कम्तिमा ५ टन) सीमावर्ती बिहारको बजारमा लगी बेच्ने हो भने नेपालको भन्दा नेरू १८६३९/- बढी रकम प्राप्त हुन्छ ।

तर, यो लाभ पनि यहाँका सामान्य किसानलाई प्राप्त हुदैन । बिहारबाट धान खरीद गर्न आउने गल्ला ब्यापारीहरू वा तेसका यहाँ स्थित बिचौलियाहरूले यो लाभ पाउँछन, अझ बढी ।

सबैलाई थाहा छ । सरकारले धानको न्यूनत्तम समर्थन मूल्य रू २५३१/२२ पैसा तोकेपनि यस मूल्यमा खरीद गर्ने कुनै सरकारी निकाय छैन । ब्यापारीले यस दरमा खरीद गर्दैन । सुनसरी, मोरंग आदिको सबै बजारहरूमा आज धानको खरीद मूल्य प्रति क्वीन्टल रू २०००/- भन्दा कम नै छ ।

यो बास्तविक बजार मूल्यको बिहारको मूल्यसंग तुलना गर्ने हो भने तेहाँ झण्डै नेरू ८/९ सय बढी छ । नेपालको पानी र पहाडको जवानी भारत तिर बग्ला वा न बग्ला तर हाम्रो सीमावर्ती यथार्थ यो हो कि नेपालको उब्जनीको किसानले लाभ बगेरै जाने गरेको छ । यहाँका किसानले लाभ पाउँन सकेको छैन ।

मधेसको सामान्य प्रचलित खेती प्रणालीमा लगभग प्रति बिघा २५ क्वीन्टल धान उब्जिने गर्दछ । जस्को अहिलेको बजार मूल्यबाट रू ५० हजार हुन आउँछ । यसमा सामान्य लागत खर्च रू ३० हजार पर्न जान्छ र ५ महिनाको समय खर्चिन्छ । यदि किसानले कर्जा लिएको छ भने तेसको ब्याज जोडनुस् अनि कम्तिमा पनि परिवारको १ जनाको निरन्तर ५ महिनाको श्रम ।

यदि प्रति परिवारमा १ बिघा खेतियोग्य जग्गा छ भनी मान्ने हो भने खेतिबाट सो परिवारको ५ महिनासम्मको प्रति महिनाको आम्दानी रू ६ हजार हुन आउँछ । यथार्थ यही हो ।

आज भोली नेपालको आयात घटेको छ । र, निर्यात बढेको समाचारमा बडो खुशीयाली मनाईदैछ । सरकारी अर्थशास्त्रीहरूको ठुठे जुँगा अचानक मुठे जुँगामा रूपान्तरित भएको छ ।

के कस्तो बस्तुको निर्यात बढेको छ ? सुपारी, कपर अनि चाऊमिनको ? यसले राष्ट्रिय आयमा कति प्रतिशत योगदान दिएको छ ? भगवानको अनुकम्पाले यदि धानबालीको बेला मौसम अनुकूल भई दिएमा त्यो राष्ट्रिय आयको आकलन १/२ प्रतिशतले नै बढन जान्छ । यस्तो क्षेत्रले पो प्राथमिकता पाउनु पर्ने हो । तर, यस बिषयलाई सपार्न न त मोदीसंग, न त सी जींगपिंगसंग नै एजेण्डा बन्छ ।

आनन्द पूर्वमन्त्री हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका