प्रधानमन्त्रीको उपचारबारे नियमित स्वास्थ्य वुलेटिन दिन मिल्दैन ?



हो, आज देश सिंगै बिरामीको अवस्था अनुभव त गरिरहेको छ । किनभने देशका कार्यकारी सरकार प्रमुख केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या छ । प्रधानमन्त्री कात्तिक १२ गते सबेरै ग्राण्डी अस्पताल भर्ना गरिनुभो । त्यसको अपुष्ट जानकारी अनलाईन र सामाजिक सञ्जालहरुमा आयो । तर अस्पताल र निजी सचिवालयले भने त्यसको जानकारी बुधवार साँझ अबेर मात्रै दियो ।

निजी सचिवालयले अलि कुरा चपाएर सूचना दियो । बुधवारै प्रधानमन्त्रीको डायलासिस गरिएको रहेछ । बिहीबार पनि डायलासिस गर्नुपर्ने रहेछ । शुक्रबारसम्म पनि त्यो प्रक्रिया जान सक्ने सम्भावना पनि रहेछ । तर त्यसको जानकारी फेरि पनि सचिवालयले बिहीबार ढिलैसम्म दिएन । अस्पतालले पनि फलोअप सूचना निरन्तर जारी गरि राखेन ।

बरु सत्तारुढ नेकपाका एक अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डको बिहीबारको प्रेस व्रिफिङले अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे आममानिसमा अलि सकारात्मक समाचार प्रवाह गर्यो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उहाँको सचिवालय र ग्रान्डी अस्पतालले अपूरो सूचना दिइरहेको अवस्थामा नेकपा अध्यक्ष प्रचण्डले केपी शर्म ओली बिहीबारै बालुवाटार फर्किने सम्भावना रहेको सन्देश सुनाउनु भयो ।

दिउँसो दुई बजे ग्रान्डी पुग्नुभएका प्रचण्ड तीन बजे त्यहाँबाट बाहिरिनु भएको थियो । प्रधानमन्त्रीलाई हिजो र आज गरी लगातार दुई पटक डायलाइसिस गरिएको छ । अस्पताल पुगेका प्रचण्डले भन्नुभयो, ‘उहाँको डायलाइससिस सकियो। मिलेदेखि आजै बालुवाटार जानुहुन्छ ।’

देशका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जान्न पाउने देशवासी आमजनताको हकलाई वेवास्ता गरेर चाहिँ अस्पताल प्रशासन वा निजी सचिवालयले आफैंलाई अनावश्यक बिवादमा पारिरहेका छन् ।

उदेक लाग्दो कुरा चाहिं अझैसम्म पनि प्रधानमन्त्रीको सचिवालय तथा अस्पतालले प्रधानमन्त्रीको डायलाइसिस गरिएको सूचना सार्वजनिक गरेको छैन । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति किन लुकाउनु परेको हो वा सही सूचना बेलैमा आमजनतामा प्रवाह गर्नैपर्छ भन्ने हेक्का नभएको हो वा हेल्चेक्रायाई के हो ? त्यो त निजी सचिवालय, अस्पताल प्रशासनले नै जानुन ।

तर देशका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जान्न पाउने देशवासी आमजनताको हकलाई वेवास्ता गरेर चाहिँ अस्पताल प्रशासन वा निजी सचिवालयले आफैंलाई अनावश्यक बिवादमा पारिरहेका छन् ।

प्रधानमन्त्री ओलीलाई आइसियुमा भर्र्ती गरी डायलासिस समेत गरिएको अवस्था सामान्य स्वास्थ्य अवस्था होईन, देशका प्रधानमन्त्रीको, सत्तारुढ दलका अध्यक्ष ओलीको । तर अस्पतालको अघिल्लो दिनको पहिलो विज्ञप्तिमा त्यसबारे केहीपनि प्रसंग नै लेखिएन । प्रधानमन्त्रीका निकट सहयोगीहरुले सकेसम्म सामान्य उपचारका लागि गएको हो भन्ने भानपार्ने कोशिश गरिरहे । जुन जिकिर लिन जरुरी नै थिएन, होईन पनि । आखिर बिरामीको रोग के हो र उपचार के हुँदैछ भनेर लुकाउन वा जनतालाई भन्ननपर्ने वा भन्न नहुने कुरो त केही पनि थिएन रैछ ।
हेर्नुस् अस्पतालको अपूरो विज्ञप्ती ….

नेपालमा उसै पनि मृगौला पीडित धेरै छन् । मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको डायलासिस गरियो त, के बिग्रेको थियो र सूचना लुकाउन पर्ने गरी ? मृगौलाले काम नगरेपछि रक्तशोधनको कृत्रिम विधि डायलासिस गरिन्छ भन्ने औसत नेपालीलाई जानकारी छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको हो भन्ने कुरा दुनियाँलाई जगजाहेर नै छ । प्रत्यारोपण गरिएको मृगौला सधैँ कामलाग्ने हुँदैन । समयसँगै पुनःअर्को मृगौला प्रत्यारोपण गर्नुपर्ने स्थिति पनि आउन सक्छ । यो पनि जगजाहेर कुरा नै हो ।

अहिले प्रधानमन्त्रीको अवस्था मृगौला प्रत्यारोपण गरिएको १२ वर्ष नै पुगेका कारण अलि बढी क्रिटिकल रहेको अनुमान सबैले गरिरहेका छन् ।
यस्तो अवस्थामा प्रधानमन्त्रीलाई भएको के हो, उपचार के गरिँदैछ भन्ने कुरा सके घण्टा घण्टामा नसके केही घण्टाहरुको फरकमा स्वास्थ्य वुलेटिन दिने हो अस्पताल र निजी सचिवालयले भने धेरै आलोचनाबाट मुक्त हुने देखिन्छ ।

उपचार के गरिँदैछ भन्ने कुरा सके घण्टा घण्टामा नसके केही घण्टाहरुको फरकमा स्वास्थ्य वुलेटिन दिने हो अस्पताल र निजी सचिवालयले भने धेरै आलोचनाबाट मुक्त हुने देखिन्छ ।

नेकपाका अध्यक्ष प्रचण्डले, उपप्रधानमन्त्री ईश्वर पोखरेलले वा अरु अरुले प्रधानमन्त्रीको स्वास्थ्यबारे व्रिफिङ गर्नुपर्ने अवस्था गलत हो । उहाँहरुलाई आधिकारिक त मानिएला । तर त्यो अस्पताल प्रशासन तथा निजी सचिवालयको काम हो । अझ अस्पतालको काम बढी हो ।

देशका प्रधानमन्त्री, सत्तारुढ दलका अध्यक्ष, ख्याल ठट्टा र उखान टुक्का प्रयोगका कारण जनजनका मनमा भिजेका प्रधानमन्त्रीबारे आमजनताको चासो हुनुलाई, मिडियाले फलो गर्र्नुलाई अस्पताल वा निजी सचिवालयले कुनै पनि बहानामा ईन्कार गर्न मिल्दै मिल्दैन ।

आफ्नो गम्भीर बिमारलाई पनि सहज स्वीकारेर जनतालाई आशा र सपनाको दुनियाँमा डोर्याईरहेका देशकाप प्रधानमन्त्रीको स्वास्थ्य छिटो निको होस् भन्ने नै आमजनताको घर घर र बस्ती बस्तीबाट शुभेच्छा र शुभकामना छ भन्ने तथ्य सम्वद्ध सबैलाई हेक्का रहिरहनुपर्छ ।

वर्तमान सूचनाको युगमा यस्ता जनतासंग जोडिने सूचना लुकाएर होईन, समयमा नै सही सूचना प्रवाह गरेर प्रधानमन्त्रीलाई छिटो निको हुन सम्वद्ध पक्षले सहयोगी बन्नुनै पर्छ । कामना गरौं छिटो सञ्चो भैजाओस् सम्माननीय प्रधानमन्त्रीलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माधव नेपालसँगको भेटपछि देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले

राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका

गोरखाका पाँच पालिकाको निर्णयः सार्वजनिक पद धारण गरेका व्यक्तिले सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य

सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने एमालेको संकेत

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो ।