नेपाल सम्वतकाे महत्वका बारेमा गहिरिएर साेचाैं !



भरत दाहाल।

नेपाल सम्वतकाे महत्वका बारेमा गहिरिएर साेचाैं ! माैलिकतामा ध्यान नदिंदा सबै गुम्नसक्ने खतरा छ ।

नेपाल अहिले भूमण्डलिकरणका बहानामा पश्चिमा र ईण्डियन मूल्य-मान्यताहरुको चपेटामा परेको छ। अहिलेको संकटको मूल कारण नै हामीले सोंच, विचार, मूल्य-मान्यता, आचरण र राज्य प्रणालीमा आफ्नोपन गुमाएर अर्काको आत्मसात गर्नु हो। आफैले सिर्जना गरेको र मौलिकता भएको चिज कति सुरक्षित हुन्छ भन्ने कुरा गुठी आन्दोलनले देखाएको छ।

अहिले प्रचलनमा रहेको विक्रम संवत्लाई परिवर्तन गरेर ईस्वी सन् लाद्ने प्रयास विगत ४,५ बर्षदेखि भैरहेको छ र विश्वसंग एकरुपता ल्याउने बहानामा ईस्वी संवतकाे पक्षमा केहि बर्ष अगाडिदेखि बहस गर्न खोजिएको छ। नेपालको भू-राजनीतिक संकट यहि रुपमा केही समय जारी रहे प्रचलित सम्वत् हटाईनेछ भन्ने यथार्थताका बारेमा मलाई कुनै संका छैन।

यस्तो प्रयास नेपाली भाषा, गुठी, पारिवारीक एवं सामाजिक कानूनहरु, नागरिकता, कथित वैयक्तिक स्वतन्त्रता, मानव अधिकार आदि सबै क्षेत्रमा देखियो। जसरी पनि नेपालका सबै मौलिक मूल्यहरुलाई समाप्त पारेर विदेशीकरण गर्ने योजना नै नेपालको राज्य प्रणालीको मूख्य अभिष्ट हो। विदेशीहरुको यस्तो योजना रोक्न सबैतिर मौलिकतालाई स्थापित गर्न जरुरी छ।

जुन पक्षमा आफ्नोपन हुँदैन, त्यसको रक्षाका लागि जनमत उठ्दैन। मैले देश विरुद्ध चलिरहेको विदेशी षडयन्त्रलाई मध्यनजर राखेर नेपाल संवत्को महत्व देख्छु। यद्दपी, संम्वत्हरुको शास्त्रिय मान्यताका बारेमा म जानकार व्यक्ति होईन। विक्रम संवत्का ठाउँमा नेपाल सम्वत् प्रचलनमा ल्याउँदा हामीले गुमाउने कुरा के हो भन्ने कुरा पनि मलाई थाहा छैन।

यदी नेपाल सम्वत्को प्रचलनबाट रितिथिति, चाडपर्व, ग्रहनक्षत्रको गणणा जस्ता कुराहरुमा केही असर हुँदैन भने यसलाई सरकारी कामकाजमा ल्याउन उचित छ। नेपाल संवत् हाम्रै देशमा हाम्रै देशका नागरिहरुबाट सुरु भएको संवत् हो। यसमा आम नेपालीहरुले आफ्नोपनको अनुभूति गर्न सक्ने ठाउँ छ। नत्र विक्रम संवत् पनि नरहने र नेपाल संवत् पनि गुम्ने खतरा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षामन्त्रीको राजीनामाले विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो

-सूर्य थापा । शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको

शिक्षामन्त्री भट्टराईले देखाएको राजनीतिक नैतिकता

डा. चन्द्रकान्त ज्ञवाली । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनलाई निचोडमा पुर्याउन नसकेको भनि

शिक्षामन्त्री भट्टराईले दिइन् पदबाट राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।