सत्यनिरूपण र बेपत्ता छानविन आयोगमा सहमति खोज्न सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताबीच छलफल



काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोग गठनबारेमा सत्तापक्ष र प्रतिपक्षका तीन ठूला नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको हो । सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार छलफल भएको हो ।

भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको बैठकमा सहभागी नेकपा नेता सुवास नेम्वाङले जानकारी दिए । यी दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि यसअघि नै संयोजक समिति गठन गरिएको छ । समितिले अझैसम्म कसलाई नियुक्त गर्ने भन्ने टुंगो लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाकाली घटनाबारे भारतीय पक्षसँग संवाद गरी यथार्थ सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा

असोजभित्र १ करोड ८३ लाख डोज खोप आइपुग्ने

काठमाडौँ । सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने बताएको छ । शुक्रबार

१० बूँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको

उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध ठाकुर सर्वोच्चमा

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध