भारतीय प्रधानमन्त्री मोदीबाट सिकौं(भिडियोसहित)
काठमाडौं । कुनै पनि देशको प्रधानमन्त्री सरसफाईमा कमै मात्र जुट्ने गर्छन् । देखाउनका लागि कुनै दिवसमा जुट्नु स्वभाविकनै भएपनि छिमेकी देशका राष्ट्रपतिको स्वागतका क्रममा समुद्र तटमा थुप्रिएको फोहर सरसफाइमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुटेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान तमिलनाडुको ममल्लापुरमको समुद्रतटमा सफाइमा जुटेका हुन् । उनले तटीय क्षेत्र वरपर थुप्रिएका फोहोर संकलन गर्दै डस्टविनमा राखे । मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शुक्रबार ममल्लापुरममा भेटवार्ता गरेका थिए ।
त्यस क्रममा सीको स्वागतका लागि समुद्री किनारामा फोहोर थुप्रिएको थियो । त्यही फोहोर शनिबार बिहानै मोदीले संकलन गरेका हुन् ।