अहिंसा, महात्मा गान्धी र दशैं



डा. गोविन्दशरण उपाध्याय
यस पटक दशैंको मुखमा विश्वअहिंसा दिवस परेको छ | आज अर्थात् अंग्रेजी महिनाको दोस्रो तारिख – महात्मा गान्धीको जन्म दिन | अहिंसा दर्शनलाई महात्मा गान्धीले जीवनशैली बनाएका थिए |
यो पनि संयोग नै भन्नुपर्छ गान्धीको अहिंसा मन पराएर “अहिंसा दिवस”को प्रस्ताव गर्ने एकजना मुस्लिम थिए थिए | मुस्लिममा “शाकाहर” भन्ने हुँदैन | अक्टोबर दुई अर्थात् गान्धी जन्मेको दिन परेर इरानी नोबेल पुरस्कार विजेता सिरिन इडावीले राष्ट्रसंघमा “महात्मा गान्धी जन्मेको दिनलाई “अहिंसा दिवस” मनाउन प्रस्ताव गरेका थिए |
सन् २००४ देखि विश्वभरी यो मनाइन्छ | अक्टोबर महिनाको २ तारिकमा उनी जन्मेका थिए – भारतको गुजरातमा | पछि, दक्षिण अफ्रीकामा वकालत गर्थे | तेहा अंग्रेजहरूले हिंसा गरे | रेलको सिटबाट समान वाहिर फालिदिए | उनीलाई पनि वाहिर निकालिदिए |
रेलको सिटबाट समान वाहिर फालिदिए | उनीलाई पनि वाहिर निकालिदिए |
नेपालीमा भनाई छ – विष नभएको सर्प र इख नभएको मान्छे काम लाग्दैन | गांधीको मनले इख लियो | उनी भारत फर्के | अहिंसक र हिंसक योद्धाहरू मिलेर सन् १९४७ मा भारत स्वतन्त्र भयो | सन् १९४७ मै अहिंसाका पूजारी गान्धी आफै हिंसाको बलिवेदीमा चढे |
अष्टमी र नवमीका दिन नेपालीहरूले “पशुवली” दिंदै गर्दा अहिंसा दिवस मनाएको केवल चार दिन बित्ने छन् | मंचमा उभिएर अहिंसा दिवसको बखान गर्नेहरू मध्ये धेरैजसोले “मासुको परिकारमा” रमाइलो गर्ने छन् | कसैले परम्पराका लागि त कसैले “खानका लागि” ठूलो सङ्ख्यामा पशुहरूको हत्या गर्ने छन् |
कसैले परम्पराका लागि त कसैले “खानका लागि” ठूलो सङ्ख्यामा पशुहरूको हत्या गर्ने छन् |
दशैंको पशुहत्या भन्दा लाखौंगुणा बढी पशु बकरिदमा मुस्लिमले मार्छन् | पशुवादीहरूले बकरिदको होइन दशैं-हिंसाको विरोध गर्छन् | यो देखेर महात्मा गान्धीले के भन्थे ? नेपालमा वि.स. २०५३ देखि २०६३ सम्म हिंसाको खुवै रजाई भयो | यो अहिंसाको स्रोत जर्मन, भनेजुयेला र चाइना थिए | १८ हजार मान्छेहरू हिंसाको शिखार बने |
सन् १९१३ देखि सन् १९४७ सम्म गान्धीले युद्धले निम्त्याएको उन्माद देखेका र भोगेका थिए | स्वतन्त्रता, अधिकार, समानताका लागि गरिएका राजकीय हिंसा अर्थात् युद्धहरूले पीडा बाहेक केही दिएको थिएन |
पूँजीवाद र साम्यवादको हिंसामा “मान्छे मात्र होइन, समग्र पृथ्वीनै हिंसामा परेकी थिइन् | मलाई थाहा छैन, नेपालको शान्ति स्थापनामा “अहिंसा दर्शन”को भूमिका छ कि छैन तर यहाँको नेतृत्वले गान्धीको “अहिंसा-मन्त्र” त सम्झेकै हुनुपर्छ |
मलाई थाहा छैन, नेपालको शान्ति स्थापनामा “अहिंसा दर्शन”को भूमिका छ कि छैन तर यहाँको नेतृत्वले गान्धीको “अहिंसा-मन्त्र” त सम्झेकै हुनुपर्छ |
महात्मा गान्धीका लागि अहिंसा पहिलो र अन्तिम मूल्य थियो भन्ने कुरा उनले २३ मार्च १९२२ मा छापिएको योंग-इण्डियामा बोलेका छन् | उनका लागि अहिंसा नै युद्ध रोक्ने सबैभन्दा भरपर्दो हतियार हो | असहयोग, वहिष्कार, सत्य निष्ठा, तत्परताआदि यसका सहयोगी हुन् | असलमा, महात्मा गान्धीको अहिंसा दर्शन पूँजीवाद र साम्यवादी हिंसा प्रतिको असहयोग हो |
असलमा, महात्मा गान्धी राजनैतिक हिंसाका घोर विरोधी थिए | चाहे तेस्तो हिंसा राज्यसत्ता टिकाउन होस् वा अधिकार खोस्न वा पराधीन बनाउन नै किन नहोस् | महाभारत भन्छ – अहिंसा परमो धर्म: अहिंसा नै सबैभन्दा उत्तम धर्म हो | अहिंसाको अर्थ सजिलो छ | सबैले बुझिने प्रकारको छ | तर ब्याख्या आआफ्ना छन् | तर्क आ-आफ्ना छन् |
महाभारत भन्छ – अहिंसा परमो धर्म: अहिंसा नै सबैभन्दा उत्तम धर्म हो | अहिंसाको अर्थ सजिलो छ | सबैले बुझिने प्रकारको छ |
आ-आफ्नो सुविधा विचार्छन् | तेसै अनुसार ब्याख्या गर्छन् | को हिंसक को अहिंसक ? छुट्याउन सजिलो छैन | विवाद यहीं छ | कसैले भन्छन् – अहिंसा असम्भव छ | कसैले भन्छन् – अहिंसा सम्भव छ | केहीले भन्छन् – अहिंसा सापेक्ष छ | हिंसा पनि छ | अहिंसा पनि छ | अहिंसामा हिंसा र हिंसामा अहिंसा मिसिएको छ |
भारतवर्षमा हिंसा र अहिंसा मासुसंग पनि जोडिएको छ | मासु खानेहरू हिंसक र नखानेहरू अहिंसक बुझ्ने धेरै छन् | वैष्णवहरू मासुको विपक्षमा छन् | शाक्त, शैव र स्मार्तहरू मासुको पक्ष र विपक्ष दुबैतिर छन् | केहीले “वैदिकी हिंसा हिंसा न भवति अर्थात् वेदले तोकेको बलिदान हिंसा हुदैन” भन्छन् |
केहीले “वैदिकी हिंसा हिंसा न भवति अर्थात् वेदले तोकेको बलिदान हिंसा हुदैन” भन्छन् |
केहीले यो कथन लाक्षणिक हो भन्ने मान्छन् | मासु खानेहरूले यही बाक्यका आधारमा पशुबली दिन्छन् | मासु खाने र खाने वीच अनन्त विवाद छन् | विवाद मिलेको छैन | तेसैले हाम्रो नेपाली समाजमा मासु खाने नखाने दूवै वर्गको उपस्थिति छ | न खानेले खाँदैनन् | खानेले छोड्दैन् | एकाध घरमा पनि खाने र नखाने मिलेर वसेका छन् |
 अनि, काहीं नखानेहरूले मासु खानेहरूको निन्दा गर्छन् | काहीं खानेहरूले नखानेहरूको निन्दा गर्छन् | नेपाली समाज एसैगरी संगै हिंडिरहेको छ | खाने र नखाने वीच युद्ध भएको इतिहास छैन | धेरै नेपालीले मासु खान्छन् | पहिलेपहिले बाहुनहरूले खसी-वोका मात्र खान्थे |
कुलानी पूजा गर्दा बोकोको वलिदान हुन्थ्यो | नौ दुर्गाको अष्टमीमा बाहुनहरूले बोको बलिदान गर्थे | अहिले पनि गर्छन् | बँदेल, मृग, घोरल, बोकाको मासु पवित्र मानिन्थ्यो | बाहुनले मासु खान्थे त तर कुखुरा वर्जित थियो |
आज पनि एस्तो चलन कहिँकहीं जीवन्त नै छ | आधुनिकता र बढ्दो क्रयशक्तिले पवित्र मासु र अपवित्र मासु लगभग विलिन भएको छ | महात्मा गान्धी आफैमा शाकाहारी थिए तर उनी मांसहारका विरोधी थिए भन्न सकिन्न | उनको अहिंसा राजनैतिक हिंसा विरुद्ध थियो | अहिंसा र असहयोगको प्रयोग गरेर उनले स्वतन्त्रता प्राप्तिमा योगदान दिए |
उनको अहिंसा राजनैतिक हिंसा विरुद्ध थियो | अहिंसा र असहयोगको प्रयोग गरेर उनले स्वतन्त्रता प्राप्तिमा योगदान दिए |
एउटा धोति, लट्ठी र दुब्लो शरीर भएका बृद्धले तेसवखतको विश्वलाई चकित बनाए | सत्य, अहिंसा, ब्रह्मचर्या, अचौर्य, अपरिग्रह जस्ता नियमहरूको पालन गर्दै एउटा “निस्काम योगी”को पथ स्थापित गरे | नेपालमा महात्मा गान्धीको सत्य, अहिंसा तथा असहयोग आन्दोलनको ठूलो प्रभाव परेको थियो |
महाकवि लक्ष्मीप्रसाद देवकोटाले अंग्रेजी कविता “बापू” लेखेर गान्धीलाई सम्झेका छन् भने कविशिरोमणि लेखनाथले “सत्य-स्मृति” नामक दूईभागको कवितालेखेर श्रद्धान्जली व्यक्त गरेका छन् |
तेसैगरी सिद्द्धिचरण श्रेष्ठले पनि कविता मै अभिन्दन गरेका छन् | तेस बाहेक काठमाडौँका रैथाने नेवार “तुलसी मेहर” त झन् महात्मा गान्धीका प्रत्यक्ष शिष्य नै थिए | मेहरले राणाकालमै चर्खागूठी स्थापित गरेर स्वदेशी उत्पादनलाई प्रश्रय दिएका थिए |
श्री मेहर नेपाली गान्धीका रूपमा प्रसिद्ध थिए | भारतमा गान्धीको सम्मान गर्ने पनि छन्, नगर्ने पनि छन् | गोडसे ठीक छन् कि वेठीक ? निर्णय तेहाका जनताले गरूँन् तर “हिंसा” हिंसा नै हो |
श्री मेहर नेपाली गान्धीका रूपमा प्रसिद्ध थिए | भारतमा गान्धीको सम्मान गर्ने पनि छन्, नगर्ने पनि छन् | गोडसे ठीक छन् कि वेठीक ? निर्णय तेहाका जनताले गरूँन् तर “हिंसा” हिंसा नै हो |
ज्यान लिने कसैलाई अधिकार छैन | कविशिरोमणि लेखनाथका शब्दमा “मण्डलीको बीच बाट एउटा पातकी”ले उनको हत्या गर्यो | उनी अहिंसाका पूजारी थिए | उनीमा मानवीय कमजोरी थिए होलान् किनभने उनी मान्छे नै थिए | तर उनले महावीर, बुद्ध, गीता र महाभारतले देखाएको बाटो समाउन भारतवर्षमात्र होइन विश्वलाई उत्प्रेरित गरे |
तेसैले महात्मा गान्धी सम्झन र अपनाउन योग्य छन् | विश्व अहिंसा दिवस मनाउँदै गर्दा, हामी मान्छेले दशैंको रमाइलो गर्दा अवोध पशुको हत्या रोकियोस्, मन, बचन तथा कर्ममा अर्को र आफैप्रति कुनै प्रकारको हिंसा नहोस् र हामी नेपालीहरूका वीच सहृदयताको सम्वन्ध विस्तार होस् – भन्ने चाहन्छु |
अवोध पशुको हत्या रोकियोस्, मन, बचन तथा कर्ममा अर्को र आफैप्रति कुनै प्रकारको हिंसा नहोस् र हामी नेपालीहरूका वीच सहृदयताको सम्वन्ध विस्तार होस् – भन्ने चाहन्छु |
हरेक प्राणीका लागि उसको शरीर नै उसको अस्तित्व हो | उसले आफ्नो प्राकृतिक अस्तित्वको समुचित उपभोग र उपयोग गर्न पाउनुपर्छ | हरेक प्राणी निर्भय भएर बाँच्न पाओस् | आफुसहित अरु पनि निर्धक्कसँग बाँच्न सक्ने वातावारण तयार गर्नुनै अहिंसा हो | नेपाल र नेपालीमा एस्तो भावशक्तिको विकास होस् | हामी नेपालीको कल्याणहोस् |

अन्त्यमा, अहिंसा महात्मा गान्धीको मात्र होइन हामी सबैको जीवन दर्शन हो | हिंसा नकारात्मक जीवनशैली हो जसले नकारात्मकता प्रवाहित गर्छ | महात्मा गान्धीले आफ्नो मौलिक जीवनशैलीमा रहेर अहिंसाको दर्शन विश्वभरी फैलाउन सफल भए | आफ्नो जरोकिलोमा टम्म अडिएर विश्वलाई “सत्य, अहिंसा, ब्रहमचर्या, अस्तेय तथा प्रेमजस्ता संदेश दिए | हामी सबै नेपालीमा दुर्गा-भवानीले एस्तै शक्ति प्रदान गरूँन् | प्राणीमा दया होस् | यो लेख लेख्न उत्प्रेरित गर्ने मथुरेश महेश शर्माको पनि जय होस् |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका