किन आउँछ याद तिम्रो…



१५ भदौ, गोरखा । भदौरे झरी सुरु हुँदा ७८ वर्षीया भक्तिमाया थापा झस्किन्छिन्, फेरि कुनै त्रासदी सुन्नुपर्ने डर मनमा पैदा हुन्छ । १३ वर्षअघि आजकै दिन उनका छोरा जीतबहादुर आतंककारीहरुको निशाना बनेको खबर पाएकी थिइन्, उनले ।

शहिद लखन गाउँपालिका-१ बक्राङकी उनी त्यो कालो दिन चाहेर पनि भुल्न सक्दिनन् । त्यस दिनको सम्झना गर्नासाथ आँखा रसाउँछन् । आजकै दिन इराकमा आतंककारी समूहले उनका कान्छा छोरासहित १२ नेपाली युवाको हत्या गरेको थियो ।

धन कमाउन घरबाट निस्केको केही दिनमै कहालीलाग्दो खबर रेडियोबाट सुन्दा उनी बेहोस भइन् । आफन्त सबै निःशब्द बने । घरमा रुवावासी चल्यो । डेढ वर्षकी छोरी र पत्नीको भविष्यको सपना बोकेर २३ वर्षका उनी बिदेसिएका थिए, फर्केर आउन पाएनन् ।

‘अपहरणमा परें भनेर केही दिनअघि छोराको आवाज रेडियोमा सुनें,’ गहभरी आँशु पार्दै भक्तिमायाले भनिन्, ‘हामीले गर्न सक्ने केही थिएन, छोड्छन् भन्ने आशामा बस्यौं तर केही दिनपछि हत्या भएको खबर आयो ।’

छोराको तस्बिर हेर्दै आफूलाई सम्हाल्नुको विकल्प छैन, भक्तिमायासँग । जब यादले सताउँछ, तस्बिर पल्टाउँदै एकोहोरिन्छिन्

अझै पनि उनको मृत्यु भएको विश्वास लाग्दैन, भक्तिमायालाई । भन्छिन्, ‘आएर आमा भन्छजस्तो लाग्छ ।’

गाउँमा जीतबहादुरका साथीहरु देख्दा उनलाई छोराको यादले सताउँछ । कहिल्यै नरिसाउने ठट्यौली स्वभाव झल्झली आँखामा आउँछ । र, मन भक्कानिन्छ ।

छोराको तस्बिर हेर्दै आफूलाई सम्हाल्नुको विकल्प छैन, उनीसँग । जब यादले सताउँछ, तस्बिर पल्टाउँदै एकोहोरिन्छिन् ।

धेरै सम्पत्ति कमाएर आमालाई सुख दिने आशा देखाएर उनी बिदेसिएका थिए । तर, उनको लाशसम्म पनिपरिवारले देख्न पाएनन् । करिव दुई लाख ऋण खोजेर बिदेसिएका जीतबहादुर केही दिनमै अपहरणमा परी हत्या भएपछि परिवार थप ऋणमा पर्‍यो ।

जीतबहादुर डेढ वर्षको हुँदा बाबु बितेका थिए । छोरी डेढ वर्षकी हुँदा उनी पनि परिवारलाई छाडेर संसारबाट विदा भए ।

बाबुकै पेन्सनबाट घरखर्च टर्दै आएको थियो । खर्च धान्न धौ धौ भएपछि उनले बिदेसिने निधो गरे । डेढ वर्षकी छोरी, पत्नी आमा र दाईलाई सधैंका लागि छाडेर हिँडेका रहेछन् ।

चाडवाडका बेला आफन्तलाई उनको यादले बढी सताउँछ । ऊ भएको भए यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो । यस्तै गनथनमा फेरि भुल्ने प्रयास गर्छन्, उनलाई । तर, निष्ठुरी यादले फेरि सताउँछ ।

कसैले खैरो पाइन्ट र चेक सर्ट लगाएको देख्दा उनकी जेठी भाउजू डिलमायाका आँखामा देवरको तस्बिर नाच्न थाल्छ । उनी त्यही पोशाकमा घरबाट निस्केका थिए, जो कहिल्यै फर्किएनन् ।

उनकी पत्नी र छोरी काठमाडौंमा बस्छन्, अहिले । छोरी १४ वर्ष नाघेकी छन् ।

उनका जेठा दाइ आमासँग गाउँमै बस्छन् । उनका माइला छोराको पनि २ कात्तिक ०६२ मा मृत्यु भयो । नौ महिना कोखमा राखेर संसार टेकाएका दुई सन्तानको मृत्युका घटनाले भक्तिमायाका लागि असह्य पीडा दिएर गएका छन् । ‘मेरा छोराहरु जस्तो कोही बिदेसिनु नपरोस्,’ उनी यसै भन्दै मन सम्हाल्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देउवा, प्रचण्ड र नेपालबीच शनिबार गठबन्धनको बैठक बोलाउने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

‘संक्रमणपछि आइसोलेसनमा नबस्नु अन्यको जीवनप्रति गम्भीर खेलबाड हो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण भएपछि आइसोलेसनमा नबसी सार्वजनिक

अफ दी रेकर्ड संवाद

केशवप्रसाद भट्टराई । १. ‘गरीवी बढ्यो भन्छन् त् नेताज्यू !’ ‘बढे के गर्नु

सीसीएमसीको निर्णयपछि विद्यालय सञ्चालनबारे थप निर्णय हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग