निरास हुने तथा आत्महत्याका घटना किन बढे त ?



 

काठमाडौँ । आध्यात्मिक चिन्तक तथा न्युरोलोजिष्ट डा. जयप्रकाश अग्रवालले कुनै पनि विषयका कुरा सुन्नु, सुनेका कुरालाई बुझ्नु, बुझेका कुरालाई मनन गर्नु र मनन गरेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र त्यो विषय आफ्नो जीवनका लागि सार्थक हुने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, आर्थिक विभागद्वारा बुधबार कीर्तिपुरमा आयोजित प्रवचन कार्यक्रममा उनले मानव जीवनलाई सार्थक बनाउन, जीवनभर सुख, शान्ति र सन्तुष्टिका लागि भौतिक ज्ञानका साथै आध्यात्मिक ज्ञान हुनुपर्ने आश्यकता औँल्याए ।

‘अपरा विज्ञान (भौतिक विज्ञान)ले थुप्रै आविष्कार गरेको छ, सुख तथा सुविधा  उपलब्ध गराएको छ  आर्थिकरूपले सम्पन्न पनि  गराएको छ तर अपरा विज्ञान (मेटाफिजिकल साइन्स)को ज्ञानको अभावमा सबै सुख तथा सुविधा भएर पनि मानसिकरूपले सन्तुष्टि दिलाउन नसक्दा आत्महत्या गर्ने तथा निरास हुनेजस्ता घटना समाजमा विद्यमान देखिन्छ,’ डा अग्रवालले भने, ‘धर्मशास्त्र वेदमा उल्लिखित परा विज्ञान र अपरा विज्ञानमध्ये अपरा विज्ञानलाई मात्र अवलम्बन गरिएकाले मानिसमा सुख तथा शान्तिको अभाव भएको हो ।’

शरीरबाहिर प्रकाश र ध्वनि भए झैँ हाम्रो शरीरभित्र पनि प्रकाश र ध्वनि छ त्यसलाई अनुभूति गर्न सक्नुपर्छ भन्दै उनले आमाको गर्भमा रहेको बालकले पनि सात महिनादेखि त्यो ध्वनि र प्रकाशको ध्यान गरिरहेको हुन्छ तर पृथ्वीमा आएपछि यो क्रम रोकिने उल्लेख गरे ।

बालकमा सक्रिय भएको दायाँ दिमागको क्षमता पनि १२ वर्षको उमेरपछि निष्क्रिय हुने र बायाँ दिमाग भने जन्मेदेखि नै सक्रिय हुँदै जाने भएकाले १२ वर्षको उमेरपछि उपनयन (तेस्रो आँखा खुलाउने संस्कार) गरेर दाहिने दिमागलाई पुनः सक्रिय गराउने प्रचलन रहेको डा अग्रवालको भनाइ थियो ।

उनले भने, ‘जन्मेपछि चार वर्षसम्म बालकमा डेल्टा वेभ, चारदेखि आठ वर्षसम्म ठिटा वेभ, आठदेखि १२ वर्षसम्म अल्फा वेभ रहने, १२ वर्षदेखि माथि बिटा वेभ रहने भएको र बिटा वेभका कारण विकासको क्रमसँगै मानिसको मन भड्किरहने र अशान्ति पैदा हुने भएकाले मनलाई नियन्त्रण गर्न वा डेल्टाकै स्थितिमा पुग्न ध्यान गर्नुपर्छ ।’

त्रिवि आर्थिक विभाग प्रमुख डा शिव अधिकारीले समाजलाई खण्ड खण्ड गरेर हेर्नुभन्दा समग्ररुपमा हेरिनुपर्नेमा चर्चा गर्दै  भौतिक विज्ञान र आध्यात्मिक विज्ञान दुवै मानव जीवनका दुई खुट्टा भएकाले सँगसँगै प्रयोग गरेर जानुपर्ने आवश्यकता औँल्याए ।

पाटन संयुक्त क्याम्पसका प्राध्यापक बैकुण्ठ पाण्डेले कपितपय व्यक्तिले पूर्वजन्मदेखिको वा परम्परागत संस्कार लिएर आएको हुन्छ भने केही व्यक्तिले परिस्थितिअनुसार आफूलाई परिर्वत गरेर नयाँ संस्कार अवलम्बन गर्ने गरेको उल्लेख गरे । उनले भने, ‘यस्तै परिस्थितिले आफूलाई पनि परिवर्तित बाटोमा हिँड्ने अवसर मिलेको छ ।’

मानव धर्म सेवा समितिका युवा संयोजक उत्तम गिरीले आध्यात्मिक ज्ञानको अभावमा उच्च शिक्षा अध्ययन गरेका कतिपय युवा पतनको बाटोतिर गइरहेको पाइएको बताए । उनले  भौतिक ज्ञानका साथै आध्यात्मिक ज्ञानमार्फत प्रत्येक व्यक्तिले आफूलाई परिवर्तन गराउन सके भावी पुस्ताका लागि मार्ग प्रशस्त हुनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेठ १३ गते देशभरका बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौँ । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी

स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरभित्रका एक लाख बिमितको कार्ड जेठ १ गते जारी हुने

काठमाडौँ । स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १

कर्णालीमा ‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रथम सम्मेलन’

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख