लेजर थेरापी अन्य उपचार विधि भन्दा कसरी फरक छ ?



काठमाडौं । अहिलेको आधुनिक युगमा विभिन्न क्षेत्रमा विकास भइरहँदा स्वास्थ्य क्षेत्रका उपचारका प्रविधिहरुमा पनि निकै विकास भएको छ । उचित र प्रभावकारी उपचार पाउन सबैको अधिकार र आवश्यकता हो । हाल विश्वमा विकसित भएका उपचारका प्रविधिहरुले उपचारलाई भरपर्दो र प्रभावकारी बनाउनुका साथसाथै कयौँको ज्यान समेत बचाउन सफल भएको छ । आधुनिक विभिन्न उपचार प्रविधिहरुमध्ये लेजर थेरापी हाल निकै लोकप्रिय बन्दै गइरहेको छ । लेजर थेरापी शरीरमा आवश्यकता अनुसारको विकिरण प्रयोग गरी उपचार गरिने एक सजिलो उपचार विधि हो । यो विकिरणले छालाबाट ६ सेमीसम्म भित्री अंगमा पुगेर टिस्यु हिलिङ गरी रोगी अंग निको पार्छ ।

विभिन्न कारणले शरीरमा समस्या हुँदा कोशिकाहरु अशक्त हुने गदर्छन् र अशक्त कोशिकाहरुमा विकिरणको प्रयोगले कोशिकाहरुको पुःनस्थापना गर्ने र सशक्त बनाउने काम गरिन्छ । विकिरणले शरीरका बिग्रिएका कोशिकाहरुलाई सुधार्ने र अन्य कोशिकाहरुलाई निरोगी बनाउने काम गर्छ । शरीरका कुनै पनि अंगमा दुख्ने, झम्झमाउने, सुन्निएको, नसा च्यापिएको, बाथ, पिनास, माइग्रेन, ग्यास्ट्रिक, पायल्स, सुगर, प्रेसर, कपाल झर्ने लगायत अन्य चार सय रोगहरुको विकिरण प्रयोगबाट दिर्घकालिन रुपमा प्रभावकारी उपचार गर्न सकिन्छ । लेजर विकिरणले सुन्निएका रक्तनलीहरुलाई सुकाउने र सुकेका रक्तनलीहरुलाई खुलाउने हुनाले बिरामीलाई दुखाइबाट तुरुन्त नै आराम प्रदान गर्ने काम गर्छ ।

साथै छालामा पलाएका मासु, कोठी, दुबी, जलेको वा घाउको दाग लेजर विकिरणबाट स्थायी रुपमा नै हटाउन सकिन्छ । मेसिनबाट दिइने डोज बिरामीको अवस्था र आवश्यकता अनुसार निर्धारण गरिएको हुन्छ । लेजर थेरापीमा विभिन्न उपकरणहरुको प्रयोग गरिने भएता पनि दुख्ने, पोल्ने र कुनै पनि साइड इफेक्टहरु हुँदैनन् र औषधिको प्रयोग पनि गर्नु पर्दैन । गर्भवती, आँखामा समस्या भएकाहरु र जटिल किसिमका क्यान्सर रोग बाहेक सबै समस्याहरुमा सबै उमेर समूहले यस थेरापीबाट उपचार लिन सक्छन् ।
लेजर थेरापीको बारेमा अझ विस्तृत रुपमा जानकारी दिन नेपालमा पहिलो पटक लेजर थेरापी भित्राउनु हुने स्त्री क्यान्सर रोग विशेषज्ञ डा. शुशीला वैद्यसँग गरिएको कुराकानीः

लेजर थेरापी के हो?
लेजर अर्थात् विकिरणको माध्यमले उपचार गरिने विधि लेजर थेरापी हो । यो थेरापी फिजियो थेरापीभित्र पर्ने एउटा वैकल्पिक उपचार विधि हो । यसको लागि आवश्यक उपकरणहरुको प्रयोग गरिन्छ । लेजर थेरापी निकै सजिलो र छिटो नतिजा पाउन सकिने र ४०० भन्दा बढी रोगहरुको दिर्घकालिन रुपमा नै उपचार गर्न सकिने विधि हो ।

लेजर थेरापीले कसरी काम गर्छ ?
शरीरको बिरामी अंगमा लेजर थेरापीका उपकरणहरुको माध्यमले आवश्यक मात्रामा विकिरण प्रवाह गरी उपचार गरिन्छ । बिना शल्यक्रि शरिरमा ६ से.मी. भित्र सम्म विकिरण पुगेर बिग्रिएका र खराब भएका कोशिकाहरुलाई हिल गर्छ र सक्रिय बनाउँछ । विकिरणले नयाँ कोशिकाहरुको विकास र वृद्धि गर्ने काम गर्छ । सुन्निएको वा घाउ छ भने पनि विकिरणको प्रयोग गर्दा नयाँ र स्वस्थ कोशिकाहरुको विकास गर्ने भएकाले सामान्य भन्दा छिटो नतिजा पाउन सकिन्छ । दुखाइका बिरामीहरुलाई तुरुन्त नै आराम पनि मिल्छ ।

लेजर थेरापीेले कुन कुन समस्याहरुलाई ठिक बनाउँछ ?
लेजर थेरापीले छाला सम्बन्धी सम्पूर्ण रोगहरु, हाडजोर्नी, नसा च्यापिएको, मुटु रोग, आन्द्रा, फोक्सो, कलेजो, नाक, कान, घाँटी, नंग आदि सबैमा आउने समस्यालाई पुर्ण रुपमा ठिक बनाउँछ । तर गर्भवती, आँखामा समस्या भएकाहरु र जटिल किसिमका क्यान्सर रोग भएकाहरुले भने यो विधिबाट उपचार लिन सक्दैनन् ।

लेजर थेरापी अन्य उपचार विधि भन्दा कसरी फरक छ ?
अन्य उपचार विधि र लेजर थेरापीमा धेरै नै फरक छ । अन्य उपचार विधिमा शल्यक्रिया गरिने, औषधिको प्रयोग गरिने, साइड इफेक्ट हुने, इन्जेकसन प्रयोग गरिने र यसको असर अस्थायी रुपमा मात्र रहने हुन्छ भने यी सबै कुराहरु लेजर थेरापीमा हुदैनन् । लेजर थेरापीबाट उपचार गर्दा बिरामीलाई तुरुन्त नै आराम मिल्छ र बिरामीलाई उपचारको बेला दुख्ने पोल्ने र साइड इफेक्ट हुने हुदैन । लेजर विकिरणले सुन्निएका रक्तनलीहरुलाई सुकाउने र सुकेका रक्तनलीहरुलाई खुलाउने हुनाले बिरामीलाई दुखाइबाट तुरुन्त नै आराम प्रदान गर्ने काम गर्छ । यो विकिरणले छालाबाट ६ से.मी. सम्म भित्री अंगमा पुगेर टिस्यु हिलिङ गरी रोगी अंग निको पार्छ । विभिन्न कारणले शरिरमा समस्या हुँदा कोशिकाहरु अशक्त हुने गदर्छन् र उक्त अशक्त कोशिकाहरुमा विकिरणको प्रयोगले कोशिकाहरुको पुःन स्थापना गर्ने र सशक्त बनाउने काम गरिन्छ । विकिरणले शरिरका बिग्रिएका कोशिकाहरुलाई सुधार्ने र अन्य कोशिकाहरुलाई निरोगी बनाउने काम गर्छ । खर्चका हिसाबले पनि लेजर थेरापी सस्तो उपचार विधि हो । छिटो नतिजा पाउन सकिने, दुख्ने/पोल्ने नहुने, सबै उमेर समुहकाहरुले यो विधिबाट उपचार लिन सक्ने, यहि विधिबाट मात्रै चार सय भन्दा बढी रोगको उपचार स्थायी रुपमा नै गर्न सकिने र निकै सस्तो जस्ता कारणहरुले गर्दा लेजर थेरापी अन्य उपचार विधि भन्दा फरक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबारदेखि

काठमाडौँ । नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यही वैशाख ३१ गतेबाट सुरु हुने

बाल अस्पतालका निर्माणका लागि मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको

जैमिनीमा ‘स्वस्थ नागरिक’ अभियान

बलेवा (बागलुङ) । कुनै समय ‘रिफर सेन्टर’का रूपमा चर्चित प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर