चितवनमा खोज र खोप अभियान



चितवन । सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो ।

वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने क्रममा नियमित खोप छुटेका ती बालबालिकालाई खोप लगाइएको हो । सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविकाले नियमित खोप छुटेका बालबालिकाको खोजी गरेर खोप लगाएका हुन ।

शिशु जन्मिएसँगै दिइनुपर्ने दादुरा, रुबेला, बिसिजी, टाइफाइटलगायतका १३ वटा खोपमध्ये कुनै एक छुटेको भएसमेत लगाउने व्यवस् ागर्नका लागि सञ्चालन गरिएको यो अभियानमा खोप लगाउन छुटेका सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका बालबालिका रहेका छन् ।

महानगरपालिकाका तीन सय छ बालबालिका यस अभियानमा सहभागी भएको स्वास्थ्य कार्यालय चितवनको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । उनका अनुसार राप्ती नगरपालिकाका ८३ जना, इच्छाकामना गाउँपालिकाका १७ जना, खैरहनी नगरपालिकाका १४ जना, रत्ननगर नगरपालिकाका १० जना, माडीका दुई जना बालबालिका अभियानका क्रममा खोप कार्यक्रममा सहभागी भएका हुन ।

सरकारले ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा पुर्याउनका लागि अभियान सञ्चालन गरेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनकाअनुसार सरकारले खोज र खोप अभियान सञ्चालन गर्नुअघिनै स्वास्थ्य कार्यालय चितवनले गत माघ महिनाबाट नै खोप लगाउन छुटेका बालबालिका खोज्न थलेको थियो । जिल्लामा यस वर्ष ५० हजार नौ सय ३१ बालबालिका पाँच वर्षमुनिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकामा डेंगुको अझै एक महिना जोखिम

  काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा  डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । 

चिकित्सकमाथि कुटपिटका घटना हुनुको पछाडि कम दरबन्दी हुनु पनि होः स्वास्थ्यमन्त्री बस्नेत

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड

  बागलुङ । बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा

अनावश्यक तनाव लिने काम नगर्नुस्, मुटु रोग लाग्न सक्छ !

डा अवनिभूषण उपाध्याय।  विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित