भोजपुर अस्पतालसहितका स्वास्थ्य संस्थालाई ४० लाख बराबरको सामग्री हस्तान्तरण



भोजपुर । नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्ला अस्पताल भोजपुरका साथै अन्य चार स्वास्थ्य संस्थालाई ४० लाख बराबरको उपकरणसहितका सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस भोजपुरका जिल्ला सचिव डा चक्रबहादुर कार्कीको पहलमा आएका ती सामग्री जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको हो । दातृ राष्ट्रबाट स्वास्थ्य मन्त्रालयलाई प्राप्त ती स्वास्थ्य उपकरणसहितका सामग्री आफ्नो पहलमा भोजपुरमा ल्याएको कार्कीले बताए । उनले भने, “दुर्गम जिल्लाका स्वास्थ्य संस्थामा देखिने समस्या निराकरण गरी नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मैले पहल गरेको हुँ ।”

कार्कीका अनुसार स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको सामग्रीमा अक्सिजन कन्सनट्रेटर, मास्क, गाउन सेट, पल्स अक्सोमिटर, सिटामोललगायत रहेका छन् ।

जिल्ला अस्पताल, भोजपुर नगरपालिका–३, गुप्तेश्वर, वडा नं ८, वडा नं १० र वडा नं १२ मा रहेका स्वास्थ्य संस्थालाई ती सामग्री हस्तान्तरण हुने कार्कीले जानकारी दिनुभयो । जिल्ला अस्पतालका लागि आएका सामग्री अस्पताल विकास समितिका अध्यक्ष कमल थुलुङ राई, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको उपस्थितिमा कार्कीले जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई शनिबार हस्तान्तरण गरेका हुन् ।

जिल्ला अस्पतालमा देखिएका समस्याहरू समाधानमा यी सामाग्रीहरू महत्वपूर्ण हुने अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष कमल थुलुङ राईले बताए । नागरिकको स्वास्थ्यका  लागि यी सामग्री सहयोगी बनेको नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीले बताए ।

जिल्ला अस्पतालका लागि दुई थान अक्सिजन कन्सनट्रेटर, दुई हजार थान सर्जिकल मास्क, एक सय ५० थान गाउन, १० थान पल्स अक्सोमिटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका १२, टक्सारमा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर दुई थान, गाउन सेट २० थान, सिटामोल पाँच सय थान, मास्क एक हजार थानलगायत सामाग्री हस्तान्तरण भएको छ ।

भोजपुर नगरपालिका–८ मा रहेको स्वास्थ्य संस्थाका लागि १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, सिटामोल दुई हजार थान, गाउन २० थान हस्तान्तरण गरिने छ भने वडा १० मा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, मास्क एक हजार थान, सिटामोल पाँच हजार थानलगायत सामग्री हस्तान्तरण हुनेछ ।

भोजपुर नगरपालिका–३, गुप्तेश्वरमा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, पल्स अक्सोमिटर दुई थान, फेटोस्कोप एक थान लगायतका सामग्री हस्तान्तरण हुने पहल कर्ता नेपाली कांग्रेसका जिल्ला सचिव डा कार्कीले जानकारी दिए ।

अन्य स्वास्थ्य संस्थाका लागि पनि सामग्री ल्याउन पहल भइरहेको कार्कीले बताउनुभयो । “स्वास्थ्य मन्त्रालयसहित विभिन्न निकायसँगको समन्वयमा अहिलेका सामग्री आएका हुन्, अन्यका लागि पनि मेरो पहल निरन्तर हुनेछ ।” कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव