‘मिडवाइफ’ शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्छः देउवा



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका क्षेत्रमा नेपामला उल्लेख्य काम भएको बताएकी छन् ।

शनिबार आयोजित सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालको १२औँ केन्द्रीय साधारणसभामा महासङ्घका अध्यक्षसमेत रहेकी डा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अवस्था विगतको तुलनामा उल्लेख्य सुधार आए पनि सरकारले लिएको लक्ष्य हासिल गर्न विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएकी छन् । यसका लागि ‘मिडवाइफ’ शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

“सन् २०३० सम्म मातृ मृत्युदर प्रतिलाख ७० मा झार्ने र सोका लागि १० हजार पाँच सय ९० ‘मिडवाइफ’ तयार गरिसक्ने लक्ष्यबमोजिम हाल सञ्चालन भएका कार्यक्रम पर्याप्त छैन, त्यसैले विशेष कार्यक्रम आवशयक छ”, उनले भनिन् ।

महिलालाई सम्मानजनक सेवाको पहुँचमा पुर्याउन स्थानीयस्तरबाटै सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि महासङ्घका प्रदेश र जिल्लाका प्रतिनिधिलाई उनले आह्वानसमेत गरिन् ।

साधारणसभामा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले महासङ्घ मातृ मृत्युदर न्यूनीकरणमा विशेष योगदान पुर्याएको बताए । साथै समाज कल्याण परिषदका कोषाध्यक्ष विनय लामाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा महासङ्घका महासचिव रविन्द्र बहादुर प्रधानले महासङ्घको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुनिल श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

महासङ्घका मधेस प्रदेश अध्यक्ष कमलेशकुमार मण्डलले मधेसमा सञ्चालित कार्यक्रमबारे जानकारी गराएका थिए । साथै उपाध्यक्ष विष्णुराज नेपाल, गङ्गालक्ष्मी अवाल, ओमकला गौतम, कविता इटनी, भावना शाहीलगायतले महासङ्घका विगतमा भएका कार्यक्रमको समीक्षा र आगामी कार्यक्रमका रणनीतिबारे सभामा मन्तव्य राखेका थिए ।

साधारणसभामा महासङ्घका ३१ जिल्लाका ८० जना प्रतिनिधिहरुको सहभागिता थियो । महासङ्घले स्थानीय गैरसरकारी संघ संस्थासँग समन्वय गरी महासङ्घको सम्बन्धित उद्देश्य हासिल गर्नका लागि विभिन्न काम गर्दै आएको छ । महिलाको प्रजनन स्वास्थ्यको अवस्था सुधारका लागि महासङ्घले काम गर्दै आएको छ ।

महासङ्घ अन्तर्राष्ट्रियस्तरमा ‘ह्वाइट रिवन अलाइन्स’को नेपाल प्रतिनिधि सदस्य हो । अलायन्समा विश्वका १४ वटा देश सदस्य छन् । अलायन्सले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपाललाई ‘मदर अफ ह्वाइट रिवन अलाइन्स’को सज्ञाले पुरस्कृत समेत गरेको छ । महासङ्घले नेपालमा सुरक्षित मातृत्वसम्बन्धी चार वटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको