कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै



काठमाडौं । कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् ।

फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् । फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र छ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेकाले सक्रिय सङ्क्रमित बढेको बताए ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिकलसेलको अध्ययन गर्न जापानी चिकित्सक दाङमा

तुलसीपुर । जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको

स्वास्थ्य बीमा बापतको २२ लाख रकम आफनो खातामा राखेर स्वास्थ्यकर्मी फरार

काठमाडौं । स्वास्थ्य बीमाका लागि सर्वसाधारणले तिरेको झण्डै २२ लाख रुपैयाँ आफ्नो खातामा

पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखरा । पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ