ओखलढुंगाका दुर्गमका बालबालिकामा कुपोषणको समस्या



ओखलढुंगा । ओखलढुंगाका दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो ।

पछिल्लो समय जिल्ला अस्पतालसहित यहाँका सबैजसो स्वास्थ्य संस्थामा कडा कुपोषणका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पतालका सूचना अधिकारी उमा गुरुङले बताइन् ।

यकीन तथ्याङ्क आइनसकेको भए पनि दैनिक आउने बिरामीमा समस्या बढ्दो देखिएकाले सावधानी अपनाउन र बिरामीको उपचारमा जोड दिन अस्पतालले सरोकारवाला निकायसँग पहल गरिरहेको सूचना अधिकारी गुरुङको भनाइ छ ।

“विगतभन्दा कुपोषणको दर बालबालिकामा निकै बढेको छ, उपचारका लागि स्वास्थ्य संस्थामा आउने धेरैमा कडा कुपोषण देखिन्छ”, सूचना अधिकारी गुरुङले भने, “जङ्क फुडको प्रयोग बढ्दो छ, यसले कुपोषणको दर बढाएको हुन सक्छ, हामी यकीन तथ्याङ्क पनि लिन्छौँ र समाधानका लागि सरोकारवालालाई सुझाव दिन्छौँ ।” अभिभावकले आफ्ना बालबालिकाको स्वास्थ्यका बारेमा ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

कुपोषणका बिरामी बढेपछि जिल्ला अस्पतालले स्थानीय सरकारसँगको साझेदारीमा गाउँ–गाउँमा पुगेर कुपोषणको दर पत्ता लगाउँदै बच्ने उपायबारे सचेतना दिन सुरु गरेको छ ।

यसैबीच खिजिदेम्बा गाउँपालिकाका १३ बालबालिकामा कडा कुपोषण फेला परेको छ । जिल्ला अस्पताल रुम्जाटार र खिजिदेम्बा गाउँपालिकाले गाउँगाउँमा पुगेर गरेको परीक्षणबाट १३ बालबालिकालाई कडा कुपोषण भएको फेला परेको हो ।

खिजीदेम्बाका वडा नम्बर १, २, ३, ६ र ९ मा पुगेर पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले बताए ।

अन्य बालबालिकालाई मध्यम कुपोषण पाइएको गौतमको भनाइ छ । कडा कुपोषण फेला परेका बालबालिकालाई जिल्ला अस्पताल लगेर उपचार गरिने स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिए । मध्यमखालको कुपोषण भएका बालबालिकालाई बाल भिटा वितरण गर्दै पौष्टिक आहार खुवाउन सुझाव दिइएको छ ।

अधिकांश विपन्न परिवारका बालबालिकामा कडा तथा सामान्य कुपोषण देखिएको छ । उपचारका लागि रुम्जाटार लैजानुपर्ने बालबालिकालाई गाउँपालिकाको स्वास्थ्य शाखामार्फत यातायात खर्च व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन