अब पुरुषले सेवन गर्ने गर्भ निरोधक चक्की आउँदै



वैज्ञानिकहरूले शुक्रकीटको पौडिन सक्ने क्षमता रोक्ने उपाय पत्ता लागेपछि गर्भ निरोधका लागि पुरुषहरूले सेवन गर्ने चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बताएका छन् ।

उनीहरूका अनुसार त्यस्तो औषधिमा कुनै पनि हर्मोन प्रयोग गरिएको हुँदैन र माग भए उत्पादन गर्न सकिन्छ । मुसामा गरिएको परीक्षणमा उक्त औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइयो।

त्यति समय शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन र गर्भ बस्न नदिन पर्याप्त हुन्छ । तर मानवमा परीक्षण गर्नुअघि धेरै चरणमा अरू परीक्षण हुन बाँकी नै छ । मानवका लागि उपलब्ध भए पुरुषहरुले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टाअघि यस्तो चक्की सेवन गर्न सक्छन् ।

तर उनीहरुले औषधि कति बेलासम्म प्रभावकारी हुन्छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ । महिलाहरूले प्रयोग गर्ने गर्भनिरोधक चक्कीमा हर्मोन प्रयोग गरिएको हुन्छ। तर पुरुषका लागि अनुसन्धान भइररहेको औषधिमा कुनै पनि हर्मोन हुँदैन ।

आफूले अन्वेषण गरिरहेको विषयका लागि यो एउटा सबल पक्ष भएको वैज्ञानिकहरू बताउँछन्। किनभने यो औषधिले टेस्टस्टरोनलाई दमन गर्दैन र शरीरमा पुरुष हर्मोनको कमी हुनेजस्तो दुष्प्रभाव पार्दैन ।

बरु वैज्ञानिकहरूले लक्ष्य बनाउन खोजेको ‘स्विच’ शुक्रकीटको पौडिने क्षमता हो। त्यो स्विच वास्तवमा कोषीय सङ्केतको एउटा प्रोटीन हो। त्यसको नाम ’सल्यबल एडिनाइलिल साइक्लेज’ (एसएसी) हो ।

अहिले परीक्षण गरिएको चक्कीले एसएसीलाई निषेध वा अवरोध गर्छ । मुसामा गरिएको अध्ययनमा TDI-11861 नामक औषधिको एक मात्राले सम्भोगअघि, सम्भोगका क्रममा र सम्भोगपछि पनि शुक्रकीट गतिहीन बनेको पाइयो ।

उक्त अध्ययन गर्न यूएस नेशनल इन्स्टिट्यूट्स अफ हेल्थले आर्थिक सहयोग उपलब्ध गराएको थियो। नेचर कम्यूनिकेशन्स जर्नलमा यसबारे शोधपत्र प्रकाशित भएको छ।उक्त औषधिको प्रभाव झन्डै तीन घण्टासम्म रह्यो।

चौबीस घण्टा हुँदा प्रभाव पूर्णतः हराएको थियो। त्यसपछि भने नयाँ शुक्रकीटहरू सामान्य रूपमा आफ्नै गतिमा अघि बढेको पाइयो ।

यो अनुसन्धानमा संलग्न एक वैज्ञानिक डा. मेलनी ब्याल्बाकका अनुसार यो औषधि सजिलै प्रयोग गर्न सकिने र प्रभाव उल्ट्याउन मिल्ने चक्की बन्न सक्छ ।

यदि यसले मानिसमा साँच्चै काम गर्यो भने चाहिएको खण्डमा पुरुषहरूले यो औषधि प्रयोग गर्न सक्छन्। अनि पुरुषहरूले आफ्नो सन्तान जन्माउने क्षमताबारे दैनिक निर्णय पनि गर्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा