पर्वत अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु



पर्वत । पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स–रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स–रे’ सेवा ठप्प बनेको थियो ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्स रे गर्नका लागि ‘हाइ एक्सपोजर’ भएको उपकरण आवश्यक हुन्छ । ‘एक्स–रे’मा देखिएको समस्याबारे स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति केन्द्रमा बारम्बार कुरा गर्दा पनि उपलब्ध भएको थिएन ।

पर्वतबाट प्रतिनिधिसदस्यमा निर्वाचित हुनुभएका पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेपछि उनको पहलमा अस्पतालले आधुनिक उच्च प्रविधिको ‘डिजिटल एक्स–रे मसिन’ पाएको हो ।

स्वास्थ्यमन्त्री गिरीले उपकरणको अभावमा पर्वत अस्पतालमा आउने बिरामी एक्स–रे गर्न पोखरा वा अन्यत्र जानुपर्ने बाध्यतामा रहेको र आपूर्ति गरिहाल्न स्वास्थ्य सेवा विभागसँग समन्वय गरेपछि अस्पतालमा नयाँ उपकरण आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए ।

“मेसिन आपूर्ति गर्न छ महिनादेखि धाइरहेका थियौँ”, डा अधिकारीले भनिन्, “अहिले स्वास्थ्यमन्त्रीसँग कुरा राखेपछि समस्या समाधान भयो ।”

डिजिटल एक्स–रे मेसिन स्वास्थ्यमन्त्री गिरीले नै अस्पतालका अध्यक्ष शङ्कर गिरी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कूल एक करोड ४४ लाख मूल्यपर्ने उक्त उपकरण मन्त्री गिरीले आफू मन्त्री भएपछि पहिलो पटक जिल्लामा आएको अवसरमा गत बुधबार अस्पताललाई दिएका हुन् ।

पर्वत अस्पतालमा अत्यावश्यक उपकरणको कमी रहेकाले केही उपकरण अहिले नै हस्तान्तरण गरिएको र आगामी पाँच वर्षभित्र सातवटै स्थानीय तहमा सुविधा र जनशक्तिसहितका अस्पताल रहने मन्त्री गिरीको भनाइ छ ।

उपकरण आएसँगै अस्पतालले प्रविधिमा थप सहज अवस्था हासिल गरेको अस्पताल विकास समितिका अध्यक्ष गिरीले बताए । पर्वत अस्पतालमा ५० शय्या क्षमताअनुसार जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक उपकरण उपलब्ध गराइदिन उहाँले मन्त्री गिरीसँग अनुरोध पनि गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिकलसेलको अध्ययन गर्न जापानी चिकित्सक दाङमा

तुलसीपुर । जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको

कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै

काठमाडौं । कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य

स्वास्थ्य बीमा बापतको २२ लाख रकम आफनो खातामा राखेर स्वास्थ्यकर्मी फरार

काठमाडौं । स्वास्थ्य बीमाका लागि सर्वसाधारणले तिरेको झण्डै २२ लाख रुपैयाँ आफ्नो खातामा

पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखरा । पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९