नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी



काठमाडौं । नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ ।

सत्तरीऔँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेको जानकारी दिइयो ।

अन्तरक्रियामा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने बताए ।

“कुष्ठरोग नियन्त्रणका लागि जनचेतना जगाउनु आवश्यक छ, यहाँ विद्यार्थी भाइबहिनी पनि हुनुहुन्छ । हामीले यो रोगलाई निमिट्यान्न पार्न सक्छौँ”, उनले भने, “यस अस्पतालले कोरोना महामारीका बेला उक्त सङ्क्रमणका बिरामीलाई उपचारमा सहयोग गरी नगरपालिकाको समस्या समाधानमा विशेष सहयोग गरेको छ ।”

नगरपालिकाका उपप्रमुख मुना अधिकारीले विद्यार्थीलाई पनि कुष्ठरोग र सोको उपचार बारे जानकारी गराउन जरुरी रहेको बताउँदै समाजमा जनचेतना फैलाउने माध्यम विद्यार्थी रहेको सुझाव दिइन् ।

मिसनका नेपाल निर्देशक शोभाकर कँडेलले वर्षमा दुई हजारदेखि तीन हजार कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेकोतथ्य राख्दै रोगमुक्त नेपालका लागि सबै क्षेत्रका व्यक्ति तथा व्यक्तित्व मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

“कुष्ठरोग रोगमुक्त नेपालका लागि सबै क्षेत्रका व्यक्ति तथा व्यक्तित्व मिलेरअघि बढ्नुपर्छ । कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने हाम्रो ठूलो इच्छा छ”, निर्देशक कँडेलले भने, “आजभन्दा ६६ वर्षअघि यहाँ अस्पलात स्थापना गर्न दिएर गोदावरी नगरपालिका वडा नं ५ र ६ का बासिन्दाले ठूलो गुण लगाउनुभएको छ । जति बेला मिशनका गाडी देख्दा पनि स्थानीयवासी छुन डराउँथे ।”

स्वास्थ्य विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डा प्रशन्न नापितले विगतका आवमा मात्रै ११ जिल्लामा यो रोगका बिरामी रहेका भनाई राख्दै चालु आर्थिक वर्षमा १६ जिल्लामा यस रोगका बिरामी भेटिएका बताए ।

“विशेषगरी तराईका जिल्लामा यस रोगका बिरामी देखिएका छन् । बाक्लो बस्ती भएको र भारतसँग खुला सीमा भएको क्षेत्रमा बढी मात्रामा यस रोगका बिरामी भेटिएका छन्”, उनले भने, “कुष्ठरोगीका लागि नेपालमा जस्तो राम्रो व्यवहार भारतमा छैन, त्यहाँका नागरिकमा रोग लुकाउने अवस्थाका कारण पनि सीमासँग जोडिएका जिल्लाका मानिसमा सरेको हुन सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, एकैदिन ६९ जनामा सङ्क्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण सोमबार ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या

मुटु रोग लाग्न नदिने के गर्ने ? यस्ता छन् उपाय

काठमाडौं । नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित छन् डा. अवनिभूषण उपाध्याय ।

विदेशमा रहेका श्रमिकका लागि अब निःशुल्क ‘टेलिमेडिसिन’ सेवा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही

‘जुन दिनसम्म आँखा देखेर हिँड्न सक्छु, त्यस दिनसम्म आँखा उपचारको स्वयंसेवी भएर सेवा गर्छु’

चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोश-जाँगरका साथ