सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन



भरतपुर । चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को औपचारिक उद्घाटन गरिएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटन गरेका हुन् ।

कलेजको १६औँ वार्षिकोत्सवको अवसरमा इन्स्टिच्यूट सञ्चालनमा ल्याइएको हो । सो अवसरमा सचिव डा पोखरेलले क्यान्सर रोगको उपचारमा नेपाल सरकारले प्रभावकारी रुपमा सेवा दिन नसकेको समयमा इन्स्टिच्यूट स्थापना हुनुले उपचारमा देखिएका समस्या समाधानका लागि सहयोग पुग्ने बताए ।

उनले भने,“नेपाल सरकारको कार्यक्रम लागू भएको यस इन्स्टिच्यूटमा विपन्न नागरिकले समेत सेवा पाउनेछन् ।” सरकारका कार्यक्रम लागू गर्दै रोग निवारणमा महत्वपूर्ण भूमिका खेल्नसमेत चितवन मेडिकल कलेज सफल भएको उनको भनाइ थियो ।

क्यान्सर रोगको उपचारका लागि बिरामी बाहिर जानु नपर्ने गरी सेवा दिनसमेत उनले आग्रह गरे ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाका रुपमा इन्स्टिच्यूट सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र पोखरेलले रेडियसनसँगै ब्राकिथेरापी, स्पेक्ट सिटी स्क्यानलगायत क्यान्सर उपचारमा आवश्यक अत्याधुनिक उपकरण जडान गरिएको बताए ।

उनले क्यान्सर रोग उपचारका लागि महिनौँ पालो कुर्नुपर्दा क्यान्सर झनै फैलिन सक्ने र त्यसले उपचारमा समेत समस्या खडा गर्नसक्ने भएकाले क्यान्सर पहिचान हुने वित्तिकै उपचार सुुरु गर्ने बताए । एक सय शय्याको सो इन्स्टिच्यूट ६ तले रहेको छ ।

अस्पालत परिसरमा रहेको इन्स्टिच्यूटमा भारत, अमेरिका, चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सकहरुले उपचार गर्नेछन् ।

यस कलेजले सरकारले तोकेका आठवटा विपन्नका कार्यक्रम चलाउने गरेको, मन्त्रालयको मापदण्ड पूरा गरी क्यान्सर इन्स्टिच्यूट निर्माण गरेको न्यौपानेले बताए । उनका अनुसार अस्पतालमा नेपाल ‘ए’ वर्गको प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ ।

उच्चस्तरीय प्रविधिको जडान गरी इन्स्टिच्यूट सञ्चालनमा ल्याइएको हो । उनले भने, “उपचार नपाएर विदेश जानुपर्ने क्यान्सरका बिरामीको समस्या अब समाधान हुनेछ ।” उनले सरकारले पेटस्क्यान मेसिन खरिद गर्नुपर्ने र सरकारले नगरे सोको जिम्मा निजी क्षेत्रलाई दिनसमेत आग्रह गरे ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञावली, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, चिकित्सा शिक्षा आयोगकी निर्देशक डा आरती शाह, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनाल, वीर अस्पतालका डा कञ्चन अधिकारी, भारतको राजीवगान्धी क्यान्सर रिसर्च सेन्टरका निर्देशक डा सुदिर रावलले क्यान्सर रोगको उपचारमा परिवर्तन आएको बताउँदै निजी क्षेत्रबाट क्यान्सर अस्पताल बन्नु ठूलो उपलब्धि भएको बताए ।

इन्स्टिच्यूटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सञ्चालनमा आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको