धौलागिरि अस्पतालमा डायलासिस सेवाको क्षमता विस्तार



बागलुङ । धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गाैला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो ।

‘आरो’पानी पर्याप्त मात्रमा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको धौलागिरि अस्पतालका नर्सिङ अधिकृत तथा सूचना अधिकारी अञ्जना पौडेलले जानकारी दिइन् ।

आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलासिस हुँदै आएको थियो । गत मङ्सिरदेखि दैनिक तीन चरणमा डायलासिस सेवा प्रदान गरिएको छ । आरोपानी दुई सय ५० लिटर प्रतिघण्टा उत्पादन हुँदा दुई चरण थियो ।

अहिले आरोपानी प्रतिघण्टा एक हजार लिटर उत्पादन हुन्छ । डायलासिस मेसिन थप गर्न सके थप बिरामीको पनि उपचार गर्न सकिने सूचना अधिकृत पौडेलको भनाइ छ ।

हाल अस्पतालमा ४४ जना मिर्गाैलाका बिरामीले नियमित निःशुल्क रुपमा डायलासिस सेवा लिँदै आएका छन् । तीबाहेक पाँचजनाले उपचारका लागि पालो गर्नुपर्ने अवस्था छ । यद्यपि पालो कुर्नुपर्ने बिरामी जटिल प्रकृतिका छैनन् ।

उनीहरुले हप्ता वा पन्ध्र दिनमा एक पटक मात्रै डायलासिस गर्दै आएका छन् । नियमित सेवाका सूचीमा रहेका बिरामीमध्ये तीनजनाले हप्ताको तीन पटक अन्यले हप्ताको दुई पटक डायलासिस गराउँछन् ।

छ मेसिनबाट दैनिक डायलासिस गर्दै आएको सूचना अधिकृत पौडेलको भनाइ छ । एउटा मेसिनले बेलाबेलामा काम गर्दैन । पाँचवटा मेसिन नियमित सञ्चालनमा छन् । गण्डकी प्रदेश सरकारसँग थप डायलासिस मेसिनको माग गरिएको छ ।

अझै पाँच/छ मेसिन सञ्चालन गर्न सक्ने आरोपानीको क्षमता रहेको उनले बताइन् । डायलासिसका लागि जिल्ला बाहिरका सरकारी तथा निजी अस्पतालमा रहेका बिरामीलाई जिल्लाबाटै सेवा दिन सकिने सूचना अधिकारी पौडेलले बताइन् ।

स्थानीय तहले पनि नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर डायलसिस मेसिन खरिद गरिदिए सेवा उपलब्ध गराउन आफूहरु तयार रहेको पौडेल बताउँछिन् । एउटा मेसिन खरिद गर्दा करिब १५/१६ खर्च हुन्छ ।

धौलागिरि अस्पतालमा २०७५ साल वैशाख १० गतेदेखि दुई बिरामीबाट निःशुल्क डायलासिस सेवा सञ्चालन गरिएको छ ।

डायलासिसका लागि गाउँबाट आउनेलाई पहिलो चरण, सदरमुकामदेखि नजिकै रहेका बिरामीलाई दोस्रो चरण र सदरमुकाममै बसोबास गर्ने बिरामीलाई तेस्रो चरण अर्थात् साँझको समयमा डायलासिस सेवा उपलब्ध गराउने गरी कार्य सूची तयार गरिएको छ ।

एक बिरामीको एक पटक डायलासिस विद्युत् र डाइलाइजर बाहेकको करिब रु दुई हजार छ सय ७० खर्च आउँछ । सरकारले उक्त रकमको सोधभर्ना गर्दै आएको छ ।

डायलासिस सेवामा पाँचजना कार्यरत छन् । उक्त जनशक्ति सेवा प्रवाहका लागि अपुग भएको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा