सिन्धुली अस्पतालद्वारा सेवा विस्तार



सिन्धुली । सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले विपन्न नागरिकलाई आकस्मिक उपचार कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । विपन्न नागरिक आकस्मिक तथा उपचार कोष स्थापना गरी कोषको रकम विपन्न नागरिकको उपचारमा उपयोग गरिने उनको भनाइ छ ।

तीस वर्षभन्दा माथिका महिलाको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरी स्तन क्यान्सर रोगको लक्षण देखिएका महिलालाई थप निदानात्मक जाँचका लागि सम्बन्धित अस्पतालमा पठाइने अस्पतालले जनाएको छ ।

जनआन्दोलनका घाइतेको निःशुल्क उपचार हुने भएको छ । जनआन्दोलनबाट घाइते भनी सम्बन्धित निकायबाट परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई राष्ट्रिय बीमा बोर्डले तोकेबमोजिम उपचार सिन्धुली अस्पतालले प्रदान गर्ने जनाएको छ ।

१६ वर्षभन्दा माथिका हर्निया भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने उनले पत्रकार सम्मेलनमा बताए । सो अवसरमा सन्तान जन्माउन इच्छा पूरा भएका पुरुष तथा महिलालाई निःशुल्क बन्ध्याकरण सेवा उपलब्ध गराइनुको साथै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले स्वास्थ्य सेवा सर्वसाधारणलाई महँगो बन्दै गएकाले सर्वसुलभ सेवा बनाउनुपर्ने जनाउँदै अस्पतालका सेवा विस्तारै निःशुल्क सेवातर्फ अघि बढाइने उनले बताए ।

अस्पतालले विगतको तुलनामा विशेषज्ञ सेवा प्रदान गर्दै आएको र जिल्लामा विशेषज्ञ चिकित्सकको समयअगावै सरुवा गर्ने तर दरबन्दीअनुसार चिकित्सक नपठाउने गर्दा समसया बल्झँदै आएको बताए ।

सिन्धुली अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, फर्मेसी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, प्रसूति सेवा, ओसिएमसी सेवा तथा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको मेडिकल सुपरिटेण्डेन्ट डा उमेश प्रधानले जानकारी दिए ।

अस्पतालले हाडजोर्नी, बालरोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, साइक्याट्रिक र रेडियोलोजी विशेषज्ञ सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।

विशेषज्ञ सेवा निरन्तरताका लागि दरबन्दी सिर्जना गरी दुई विशेषज्ञ चिकित्सक थप गर्नुपर्ने, बिरामीको चाप बढेकाले चिकित्सकको दरवन्दी वृद्धि गर्नुपर्ने बताए ।

सिन्धुली अस्पतालमा नाक, कान, घाँटी तथा छाला रोगको उपचारका लागि दरबन्दी नभएकाले दरबन्दी थप गर्न पहल गरे सर्वसाधारणलाई अस्पतालमा सबै विशेषज्ञ सेवा प्रदान गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा । बाजुरामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

  बागमती ।  पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु

दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर

काठमाडौँ । दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि