७७ जिल्लामा फैलियो डेङ्गु, ४७ को मृत्यु



काठमाडौं । डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ ।

डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या छ सय ६७ छ । नेपालमा हालसम्म १० लाख एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नौ लाख ८७ हजार चार सय ३८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । १२ हजार १८ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

शनिबार ३० हजार आठ ७६ जनाले कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८४ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा । बाजुरामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

  बागमती ।  पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु

दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर

काठमाडौँ । दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि