एकैदिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरुद्धको खोप



काठमाडौं । मंगलबार एकैदिन देशभरबाट ८८ हजार छ सय ६६ ले कोभिड विरुद्धको खोप लगाएका छन् । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा दुई हजार दुई सय २२ जनाको नमूना परीक्षण गरिएको थियो । पाँच सय ७९ जनाले पिसीआर र एक हजार छ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज २९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८७ हजार तीन सय ५३ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ ।

हालसम्म ७६ जिल्लामा डेङ्गु फैलिसकेको मन्त्रालयले जनाएको छ । साउनदेखि यता ३३ हजार नौ सय ७५ सम्भावित डेङ्गु रोगी भेटिएको र यो रोगका कारण हालसम्म ४४ को मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँको व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ

बागलुङका बालबालिकालाई आईपीभी खोप लगाइँदै

बागलुङ  । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि

देशभरका अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत मात्रै जडान

  काठमाडौँ । मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको

पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल उद्घाटन

  कास्की । पोखरा महानगरपालिका–३० लेखनाथस्थित खुदीमा स्थापना गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको