विश्व मुटु दिवस : दैनिक शारीरिक अभ्यास आवश्यक



विराटनगर ।  विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइयो । कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरीले गौश्वारा , शनिहाट , तीनपैनी , गोल्छा , सत्यनारायण मन्दिर , जैन भवन, जलजला , हस्पिटल र देवकोटा चोक हुँदै पुनः अस्पतालको प्राङ्गणमा पुगेको थियो ।

प्रभातफेरीमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादव, चिकित्सक, विभिन्न औषधि बिक्री प्रतिनिधि, सर्वसाधारण र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सो अवसरमा मेडिकल सुपरिटेण्डन्ट डा यादवले उच्च रक्तचाप र मधुमेहको नियन्त्रण, शारीरिक अभ्यास, धूमपान, मद्यपान नियन्त्रण गरी मुटु रोगबाट हुने अकाल मृत्युबाट बच्न सकिने बताए।

कोसी अस्पतालका डा दीपक सिग्देल, उत्तर मैनाली र औषधि बिक्री प्रतिनिधि अञ्जेश साहले नेपालमा ३० प्रतिशत युवामा मुटु रोग देखा परेकोले यसरोगबाट हुने हृदयघात, पक्षघात तथा मिर्गौला खराब हुनबाट जोगिनका लागि दैनिक ४५ मिनेट हिँड्डुल, हरियो सातपातको प्रयोग, धुवाँधुलोबाट जोगिनु र धूमपान प्रयोग नगर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

बागलुङ । बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि

स्वास्थ्य बीमा : सहज छैन सेवा लिन

रेसुंगा । स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि

स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन

बागमती प्रदेशमा डेङ्गु संक्रमितको सङ्ख्या ४२ हजारभन्दा बढी

बागमती । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या