६६ जनामा कोरोना संक्रमण, १३७ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३२६२ जनाको नमुना परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै १३७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १४०४ पुगेको मन्त्रालयले जनाएको छ ।