१२६ जनामा कोरोना संक्रमण, १३७ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३७९० जनाको नमुना परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै १३७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २१२९ पुगेको मन्त्रालयले जनाएको छ ।