बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति



बेलायतको औषधि नियामक निकायले सोमबार कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि स्वीकृति दिएको छ ।

‘मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ले विज्ञप्ति जारी गरी बेलायती नियामकको सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको पाइएपछि वयस्कका लागि खोपको अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति दिएको जनाएको छ ।

बेलायती नियामक निकायले स्वीकृत गरेको यो पहिलो ‘बाइभ्यालेन्ट’ कोभिड–१९ खोप हो । उक्त निकायका प्रमुख कार्यकारी जुन राइनले क्लिनिकल परीक्षणको तथ्याङ्कले यसले मूल भाइरस र ओमिक्रोनविरुद्ध ‘बलियो प्रतिरक्षा प्रतिक्रिया’ लाई प्रेरित गरेको देखाएको बताए ।

सन् २०१९ को अन्त्यतिर चीनमा पहिलो पटक लागेको कोभिडबाट अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या कम गर्न खोपले मद्दत गरेको भए तापनि हालको खोप मुख्यतया रोगको पहिलेको स्ट्रेनलाई लक्षित गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत जुलाईमा ओमिक्रोन उपप्रजातीको फैलावट र नियन्त्रणका उपायहरू हटाइएका कारण अझै महामारी अन्त्य नभएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका