कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा. थापालाई



कर्णाली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष डा निरेश थापालाई दिएको छ । स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको उपस्थितिमा बिहीबार बसेको मन्त्रिस्तरीय निर्णयले सोही प्रतिष्ठानका शिक्षाध्यक्ष डा थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो ।

मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव प्रकाश अधिकारीले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त उपकुलपतिमा जिम्मेवारी दिइएको जानकारी दिए ।

गत मङ्गलबार स्वास्थ्यमन्त्री खतिवडाको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकले प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई काम काज गर्न रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षामन्त्रीका सय दिन: शैक्षिक सुधारमा निरन्तरता, सङ्घीय शिक्षा ऐनमा प्राथमिकता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयको कार्यभार सम्हालेपछिको सय दिनका

६,४६२ जनालाई कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको

टेकु अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान एक साताका

अनुगमनका क्रममा जुम्लामा लुकाएको २६ हजार ट्याब्लेट सिटामोल फेला

खलंगा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित औषधि पसलमा सिटामोल अभाव भएपछि जिल्ला