चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन सुरु



जाजरकोट। तीन जिल्लालाई लक्षित गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन उत्पादन सुरु भएको अस्पतालले जनाएको छ ।

एक करोड १० लाखमा प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए । अस्पताल परिसरमा प्लान्ट जडानका लागि झण्डै साढे दुई लाख लगानी अस्पतालले गरेको छ । नगरपालिकाले सो प्लान्ट खरिद गरेर अस्पताललाई उपलब्ध गराएको हो ।

तीन जिल्लाका स्वास्थ्य संस्था तथा स्थानीय तहहरुले नेपालगञ्ज गएर अक्सिजन भरेर आपूर्ति गर्दै आएका थिए । अब नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको बताइएको छ । यो प्लान्टले दैनिक ३२ देखि ३६ वटासम्म ४० लिटरका सिलिण्डर भर्न सक्ने क्षमता राख्दछ ।

हाल अक्सिजन प्लान्ट जेनेरेटरमार्फत सञ्चालन भइरहेको छ । विद्युत् नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको हो । विद्युत् हुँदा त्यसैबाट उत्पादन गरे पनि विद्युत् नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ । अक्सिजन उत्पादनका लागि नियमित विद्युत् आपूर्तिको पहल भइरहेको नगरपालिकाले जनाएको छ ।

जाजरकोटको ५० शय्याको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद प्रक्रिया नहुँदा बजेट फ्रिज भएको छ । बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढाए पनि ठेकेदारले खरिदमा ढिलाइ गर्दा सम्झौता रद्द गरिएको थियो । पटक–पटक प्लान्ट ल्याउन म्याद थप्दा पनि ठेकेदारले प्लान्ट नल्याएपछि सम्झौता रद्द गरिएको व्यवस्थापक टीकाराम जैशीले बताए ।

त्यस्तै छिमेकी जिल्ला डोल्पामा समेत अक्सिजन प्लान्ट भन्दै नक्कली कन्सन्ट्रेटर ल्याएर बुझाएपछि सो ठेक्का रद्द भएको छ । रुकुम पश्चिम, सल्यानलगायतका जिल्लामा प्लान्टको नाममा कन्सन्ट्रेटर खरिद गरिएको सूचना चुहिएपछि छानबिनसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरु पाउन सकिन्छ, झोल र टनिकबाट होइन

डा. अरुणा उप्रेती । ‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी। भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप

अब चिकित्सा उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेट विनियोजन गर्न नपाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको