सेती अस्पतालको ओपिडी सेवा सञ्चालनमा



धनगढी । सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आइतबारबाट सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । ओपिडी सेवा साविकबमोजिम सञ्चालन हुने बताइएको छ ।

कोरोना सङ्क्रमित र मृत्यु हुनेहरुको दर बढ्दै गएपछि कैलालीमा जिल्लाभर वैशाख १६ गते देखी निषेधाज्ञा लागू गरिएको थियो । “सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित हुनेहरुको चाप ह्वात्तै बढेपछि शय्या भरिभराउ भएर केही दिन अस्पताल परिसर र ग्यालेरीमा सङ्क्रमित बिरामीलाई राखेर उपचार गर्नुपर्ने स्थिति सिर्जना भएको थियो”, सूचना अधिकारी श्रेष्ठले भने, “अहिले कोरोना सङ्क्रमित बिरामीका लागि छुट्याइएर राखिएका शय्या समेत खाली भएका छन् ।”

सङ्क्रमण नै कम भएर परिक्षणको दर पनि घटेको हुन सक्ने उनको भनाई छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा मात्रै वैशाख २० गते एक हजार २२३ जनामा नमूना परीक्षण गर्दा एकैदिन ५९८ जनामा कोरोना पुष्टि भएको थियो भने कोरोनाबाट आठ जनासम्म मृत्यु भएको अस्पतालको तथ्याङ्मा उल्लेख छ ।

अहिले अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । अस्पतालमा १६ जना कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् । यसमध्ये नौ जना आइसियुमा, दुई जना भेन्टिलेटरमा र पाँच जना अक्सिजन सपोर्टमा उपचाररत रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन