स्लोभेनिया, अष्ट्रिया र माल्टाले दिए स्वास्थ्य सामग्री



काठमाडौं । युरोपेली सङ्घ (इयू) का तीन सदस्य राष्ट्र स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडको महामारीविरुद्ध लड्न नेपाललाई सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत अनुदानस्वरुप चिकित्सा सामग्री प्रदान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान आयोजित कार्यक्रममा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरलेलाई ती सामग्री हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हस्तान्तरित सामग्रीमा ३० हजार थान फेस मास्क, एक लाख थान निट्राइल् पञ्जा, १२ हजार ५०० थान प्रोटेक्टिभ् गगल्स, एक लाख थान प्रोटेक्टिभ मास्क, छ लाख थान नन्–स्टेराइल् मेडिकल मास्क, ५० हजार थान, भल्भ्रहित एफ्एफ्पी मास्क, एक हजार वटा पल्स अक्सिमिटर, दुई हजार ४०० वटा एन्टिजेन टेस्ट किट, १३० वटा नन्–कन्टयाक्ट् इन्फ्रारेड थर्माेमिटर र पाँच हजार थान फेस शिल्ड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार