महानगरको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल सुरु



काठमाडौँ । काठमाडौँ महानगरको सहयोगमा आजदेखि छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा बुधबार अस्पताल सञ्चालन शुभारम्भ गरेका हुन् ।

यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् करिब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ बेहोर्ने छ । यसका लागि गत बैशाख ३१ गते सम्झौता भएको थियो । यो सम्झौता महानगरले अर्को निर्णय नगरेसम्मका लागि हो ।

महानगरलाई भगिनी सहर ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई दिएको छ । यसैगरी अस्पतालले खरिद गर्ने थप ३ वटा भेन्टिलेटरको रकम महानगरले भुक्तानी गरिदिनेछ ।

अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको भन्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले, अहिले जनताको जीवन रक्षाका आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकता राखेको बताए ।

अस्पतालको पूर्वाधार सुधारका लागि हामीले करीब ३० लाख रुपैयाँ खर्च गरेर लिफ्ट जडान गरिदिएका छौँ । नयाँ भवन निर्माण गर्न करीब ५ करोड रुपैयाँ विनियोजन गरेका छौँ । यसको लाभ जनतामा प्रत्याभूत हुने महानगरको अपेक्षा छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, पूर्वाधार विकासमा गरिने लगानी रोकेर महानगरले स्वास्थ्य क्षेत्रको सुधारका लागि बढाएको छ ।

‘महानगरबाट प्राप्त सहयोगबाट धेरैभन्दा धेरै जनताको सेवा गर्नेछौँ । हामीले गरेको सेवा सम्बन्धि विवरण हरेक दिन महानगरमा पठाउनेछौँ । अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भने, हामीलाई अक्सिजन व्यवस्थापनमा भने अझै डर लागिरहेको छ । यसको जोहो गर्न प्लान्ट स्थापना गर्ने योजनामा छौँ ।’

अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोविड अस्पताल सञ्चालन भएको हो ।

बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोभिडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धि माग गरेका थिए । अस्पतालहरुको मागअनुसार विभिन्न मितिमा १२ वटा अस्पतालहरुसँग सम्झौता भएका छन् ।

यसरी गरिएका सम्झौताबमोजिम आजबाट कोभिड अस्पताल सञ्चालनमा आएको हो । यससँगै ८८ अक्सिजनसहित २०० वेडको राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ वेडको एचडीयू र २५ वेडको गरी ५० वेडको आइसोलेसन सञ्चालनमा आइसकेका छन् ।

यस्तै विभिन्न अस्पतालहरुमा ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) सहित उपकरण जडान हुँदैछन् । यस्तै अस्पतालको भौतिक सुधारका क्षेत्रमा पनि काम भइरहेको छ ।

महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका ४ थान भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई र २ थान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई वितरण गरिसकेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भरतपुर अस्पतालमा अन्य समयमा भन्दा दसैँको अवधिमा प्रसूति सेवा लिने धेरै

चितवन। भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन्। २४

भाइरल ज्वरो तथा डेङ्गुका विरामीको चाप बढेपछि अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गरिँदै

तनहुँ। तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् ।

किन कमजोर बन्दैछन् नेपालीका हाड ?

काठमाडौँ । ‘हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि

 सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन

– डा बच्चुकैलाश कैनी नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको