नेपालमा एक लाख ७१ हजारले लगाए कोभिडविरुद्धको खोप



काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट शुक्रबारसम्म एक लाख ७४ हजार ४८६ जनाले लगाएको जानकारी दिए ।

उनका अनुसार प्रदेश नं. १ मा २३ हजार ८२ जना, प्रदेश नं. २ मा २२ हजार ७५६ जना, वाग्मती प्रदेशमा ५९ हजार ९४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३१५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप दिइएको छ । यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदैछ । प्रवक्ता डा गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी गाउँपालिकामा ‘अशक्तको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : स्वास्थ्यमन्त्री यादव

वासिङ्टन डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा । बाजुरामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

  बागमती ।  पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु