गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा नवलपरासी, बागलुङ, तनहुँ, लमजुङ र कास्कीमा गरी थप १२६ जनामा संक्रमण पुष्टि भएको हो ।