विराटनगर महानगरपालिकामा थप ४३ जनामा कोरोना संक्रमण



विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् ।

महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् ।
सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ/छ जना , विराटनगर २ र ५ का चार/चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन् ।

यसअघि प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘जुन दिनसम्म आँखा देखेर हिँड्न सक्छु, त्यस दिनसम्म आँखा उपचारको स्वयंसेवी भएर सेवा गर्छु’

चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोश-जाँगरका साथ

बेनी अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा सुरु

म्याग्दी । म्याग्दी जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालले अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिनबाट

सेवा विस्तार गर्दै जिपी कोइराला उपचार केन्द्र

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार

नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो !