मार्ला है मोटोपनले !



डा. अरुणा उप्रेती ।

आज कोरोना महामारी भएर आएको छ । केही समयपछि अर्को समस्या आउला । औषधि, उपचार त होला त्यस्ता समस्याको तर कति मानसिक र शारीरिक समस्या खप्नुपर्छ, त्यसको त लेखाजोखा नै छैन । त्यसैले स्वस्थ खाना, सकारात्मक सोच दिएर बालबालिकाहरुलाई आफ्नो स्वास्थ्यको बारेमा सचेत गराउने, व्यवहारिक ज्ञान दिने र स्वास्थ्यको बारेमा सिकाउनु नै पर्छ । नत्र २०–२५ वर्षको तपाईको सन्तान मोटोपन र मधुमेहबाट पीडित भए अभिभावकलाई कति समस्या पर्ला ?

कोरोनाको महामारीले विभिन्न ठूला–ठूला देशको दु:खद अवस्था औंल्याएको छ । नेपालमा त जनस्वास्थ्य कहिले पनि चासोको विषय थिएन । अहिले कोरोनाले यसको महत्वको बारेमा जागरुक हुन सबैलाई सचेत गराएको छ । हात धुनुपर्छ, खोक्दा मुख छोप्नुपर्छ भन्ने सामान्य कुराले जीवन बचाउँन सक्छन् भन्ने कुरा हामीले प्रायः वास्ता नगरिएका कुरा हुन् ।

बालबालिकालाई माया गरेर चकलेट, पत्रु खाना, चाउचाउ र बिस्कुट ख्वाएर खुशी हुने आमाबुवाले थाहा पाउनुपर्छ कि बच्चालाई स्वस्थ राख्न अलिकति मेहनत गरेर घरेलु खाना दिनुपर्छ । एकछिनको अल्छिपनाले बाहिरका “पत्रु” खाना ख्वाउँदा जीवनभरका लागि रोग लाग्ने सम्भावना बढ्छ ।

कोरोना लागेर मृत्यु भएका मानिसहरुको संख्या सुन्दा कहालीलाग्दो जस्तो हुन्छ । तर, कोरोनाको कारणले गर्दा मर्ने मानिसहरुको मृत्युको अनुसन्धान गर्दा थाहा हुन्छ कि मोटो मानिसलाई मुटुरोग, मधुमेह जस्ता बिरामी हुने सम्भावना बढी हुने मात्र होइन कि विभिन्न अनुसन्धानले बताएअनुसार मोटो मानिसलाई कोभिड–१९ को संक्रमण हुने सम्भावना पनि बढी हुन्छ ।

स्वस्थ रहनका लागि सन्तुलित खानेकुरा खाने र नियमित रुपमा शारीरिक व्यायाम गर्न सल्लाह जनस्वास्थ्यविज्ञले दिन्छन् । कोरोनाको बेला त यस्तो ज्ञान झन महत्वपूर्ण हुन्छ ।

“मोटो र शरीरको तौल बढी भएका मानिसहरुलाई कोरोना भाइरस लागेमा उनीहरु गम्भीर रुपमा विरामी पर्छन र उनीहरुको मृत्यु हुने सम्भावना बढी हुुन्छ” भनेर ब्रिटिश जनस्वास्थ्यविज्ञले बारम्बार भन्दैछन् । नेपालमा पनि जनस्वास्थ्यविज्ञले बारम्बार भन्छ “तौल घटाउनाले स्वास्थ्यमा धेरै फाइदा हुनुका साथै कोभिड–१९को जोखिम पनि कम हुन्छ ।”

ब्रिटेनमा वयस्कहरुमध्ये लगभग दुईतिहाइ मानिसहरु शरीरको तौल बढी भएका छन् । अमेरीकामा ४४% मानिसहरु मोटा छन । त्यहाँ धेरै समस्या भएको छ । नेपालमा पनि मोटा मानिसहरुको संख्या र मधुमेहका बिरामीको संख्याचाँहि बढ्दो छ ।

मोटोपन छ कि छैन भनेर थाहा पाउने सामान्य तरिका कम्मरको आकारबाट पत्ता लगाउन सकिन्छ । ३७.०१ इन्चभन्दा ठूलो कम्मर भएको पुरुष र ३१.४ इञ्चभन्दा ठूलो कम्मर भएको महिलाहरुलाई मोटो मान्न सकिन्छ । आफ्नो जीवनशैलीलाई परिवर्तन गरेर मोटोपन कम गर्नेतर्फ ध्यान दिनुपर्छ ।
जिब्रोको स्वाद्को लागि जीवन नै त खतरा मा पार्नु त भएन नि !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको