नर्समा कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको ओपिडी सेवा बन्द



काठमाडौं । धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङको प्रि–आइसोलेसन कक्षमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । नर्समा कोरोना पोजेटिभ पुष्टि भएपछि ओपिडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिएका छन् ।

ती नर्समा कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा मंगलबार पोजेटिभ रिपोर्ट आएको डा. पोखरेलले बताए । संक्रमित नर्ससँग सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द गरिएको पोखरेलले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य

प्रा. सुदर्शनप्रसाद नेपाल नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला

  कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् ।

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

ललितपुरमा चार जनामा हैजा पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य