कोरोना संक्रमणबाट पाटन अस्पतालमा ललितपुरकी एक महिलाको मृत्यु



काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरकी कोरोना संक्रमित महिलाको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार स्टार अस्पताल सानेपामा उपचार क्रममा कोरोना पोजिटिभ देखिएपछि उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । ती संक्रमित महिलामा निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।

यसअघि पर्सामा बिहीबार र शुक्रबार बिहान गरी तीनजनाको सङ्क्रमणबाट मृत्युको पुष्टि भएको थियो । विगत २४ घण्टामा योसँगै कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोनाका बिरामी देखिँदै, सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौँ । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् ।

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को

विश्वको सर्वोच्च शिखर सगरमाथासँगै वैदिक चेतना ‘महायोग’सम्मको उद्गम थलो नेपाल

शैलेन्द्र कुमार श्रेष्ठ जब मानवता अध्यात्मबाट विमुख हुँदै जान्छ, तब एक आध्यात्मिक जागरणको

राप्ती प्रादेशिक अस्पतालः एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

तुलसीपुर । राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको