कोदो र कोरोना



डा. अरुणा उप्रेती ।

‘७ करोडभन्दा बढीको कोदो आयात’भन्ने समाचार पढेर मलाई याद आयो। १० वर्षअघि मेरी छोरीले दुःखी भएर मसँग भनेकी थिइन्– ‘आमा, तपाईलाई तकति मान्छेले कोदे बूढी भन्छन्। तपाईंले कोदो र फापरबारे धेरै कुरा गर्ने भएकोले।’ उनको उदास अनुहार देखेर मैले भनेकी थिएँ– ‘यस्तो कुरामा त म गर्व गर्छु। कोदो, फापर त राम्रा अन्न हुन्। यसको महत्व नबुझेर पो मानिसले हेपेका हुन्।’
अहिले कोदो र फापर खोजेर खाने मानिसको संख्या बढेको छ। मधुमेह र मुटुको रोग लागेपछि खाना खाँदा विचार गर्नुपर्ने रहेछ भन्ने चेत धेरैमा आएको छ।

तर अभिभावकहरूले माया गरेर दिने तथा बालबालिका आफैंले किनेर खाने कुरमुरे, सेता पाउरोटी, चाउचाउ मन्द विष हुन्। यस्ता खानाले ठूला–साना सबैलाई अति नै हानि गर्छ। स–साना बालबालिकाका लागि त झनै खराब हुन्छ। किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रोटिन, लौहतत्व, क्याल्सियम आदि हुँदैनन्। त्यसैले यस्ता वस्तु खानाले बालबालिकामा पोषण कमी हुन्छ।
“पत्रु खाना भनेको काम नलाग्ने फाल्नलायक खानेकुरा हुन्।

तर हाम्रा अभिभावक आफ्ना बालबालिकालाई फकाउँदै पैसा दिएर त्यही पत्रु खाना किन्न उक्साउँछन्। यसो गर्दा बाबु–आमा पनि मक्ख, छोराछोरी पनि मक्ख। एकछिनको अल्छीले सन्तान कुपोषित भई बिरामी हुन पुग्छन्। बिरामी भएपछि औषधि–उपचार गर्दा समय र धन दुवै खर्च हुन्छ। त्यसैले पहिलेदेखि नै घरको खाना खाएर स्वस्थ भएको बेस।

पत्रु खानाले बालबालिकालाई शारीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भनेरै स्वास्थ्य मन्त्रालयका साथै शिक्षामन्त्रालयले समेत समय–समयमा चाउचाउ, चिप्स, कुरकुरेजस्ता खाजा स्कुलमा लैजान तथा बिक्री गर्न प्रतिबन्ध लगाउने कोसिस गरेका थिए, तर सफल भएन। अझै कतिपय स्कुलमा शिक्षकले आफ्ना विद्यार्थीले खाजा के खान्छन् भन्ने कुरामा खासै वास्ता गर्देनन्। आमा–बुबाले पनि आफ्ना बालबालिकालाई खाजा खान पैसा त दिन्छन्, तर त्यो पैसाले तिनले स्वस्थकर खाजा खाएका छन् कि छैनन्, वास्ता गर्दैनन्।

कतिपयले पाकेटमा राखिएको खाना सफा गरेर नै बनाएको हुन्छ भन्ठान्छन्। जुना नामकी एक महिलाले पनि पहिले–पहिले त्यस्तै ठानेर बिस्कुट, दालमोठ आदि खाजाका रूपमा आफ्ना छोराछोरीलाई दिएर पठाउँथिन्। एकदिन किराना पसलमा जाँदा उनले देखिछन् कि पसलकी साहुनीले ढुसी परेका नरिवल जोख्दै रहिछन्।

ढुसी परेका नरिवल पनि किन जोखेको होला नेर उनले साहुनीलाई सोधिछन्। त्यसपछि साहुनीले भनिछन्– यी बिग्रेका नरिवल बिस्कुट कारखानाबाट एक व्यक्ति आएर सस्तोमा लैजान्छ। यो सुनेर जुना छक्क परिन्। नभन्दै एकछिनमा गाडी लिएर आएका एक व्यक्तिले बिग्रिएका सबै नरिवल बोरामा हालेर लग्यो। यो देखेपछि मात्र जुनाले आफ्ना छोराछोरीलाई बिस्कुट खान दिन छाडिन्।

बालबालिकालाई खाजाका रूपमा दिइने बिस्कुट, पेय पदार्थ आदि दिँदा उनीहरूको शरीरमा चाहिनेभन्दा बढी चिनी जम्मा हुन्छ। चिनी धेरै भएको चिसो पदार्थले मानव शरीरको हड्डी कमजोर पार्ने तथा क्यान्सरसमेत गराउन सक्ने भनेर अध्ययनले देखाएको छ। ठूला बट्टामा राखिएको फलफूलको रस राम्रोे ठानेर बालबालिका धेरै पिउँछन्। यस्तो रसमा धेरै चिनी र फलफूलको रस नकुहियोस् भनेर रसायन हालिएको हुन्छ। यसले स्वास्थ्यमा धेरै नराम्रो असर पार्छ। यसले कुपोषण गराउँछ।

विभिन्न प्रशोधित खाना खाएका कारण कुपोषण भएका शिशुलाई ठूलो भएपछि उच्च रक्तचाप, मधुमेह(चिनीको रोग), मुटुको रोग आदि हुन सक्ने सम्भावना बढी हुने वैज्ञानिकहरूले बताएका छन्। त्यसैगरी सानैदेखि धेरै पत्रु खाना खाएर धेरै मोटा भएका बच्चाहरू पनि वयस्क भएपछि पनि मोटा नै हुन्छन्। यसले गर्दा उनीहरू अनेक थरीका नसर्ने रोग, उच्च रक्तचाप, मधुमेह, हड्डी खिइने, मिर्गौलाको समस्या आदिबाट पीडित हुन्छन्। कोरोनाको बेला यस्तो कुरा को पनि बिचार गर्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि…

काठमाडौँ, ५ जेठ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि   एक करोड सहयोग

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको