अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने



काठमाडौं । सरकारले निजी प्रयोगशालाहरूलाई पनि कोरोनाभाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले अब स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पूरा गरी निजी प्रयोगशालाहरूलाई पनि परीक्षण गर्न दिइने जानकारी दिएका हुन् ।

निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने उनले बताए । पछिल्लो समय सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि प्रस्ताव आह्वान गर्दा ९ वटा निजी प्रयोगशालाले परीक्षणको लागि आवदेन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव