लोप भइरहेको आँगनमै औषधि



डा. अरुणा उप्रेती ।

हाम्रा भान्छामा रोगहरू निको पार्ने प्रशस्त औषधि छन्। पुर्खाले त्यसैका भरमा रोग निको पार्दै आइरहेकै हुन्। तर, भान्छा र करेसाबारीमा पाइने त्यस्ता औषधि विस्थापित भइरहेका छन्। त म १०–११ वर्षकी भएपछि भने तुलसीको मठमा दियो बाल्ने जिम्मेवारी मलाई आइलाग्यो। कहिलेकाहीं त सारै र्झ्को लाग्थ्यो। ‘आजदेखि गर्दिनँ’ भनिदिऊँ जस्तो हुन्थ्यो। तर अहिले वल्ल मलाई हजुरआमा र आमाले सानैमा तुलसीलाई आदर गर्ने राम्रो संस्कार सिकाउनुभएको बोध भएको छ।

हजुरआमा रुघाखोकी लाग्दा बेसारपानीमा तुलसीका पात उमालेर ख्वाउनुहुन्थ्यो। अहिलेसम्म मलाई पनि यही बानी लागेको छ। रुघाखोकी त्यसरी निको हुन्छ भनेर जान्दाजान्दै पनि अरूलाई औषधिका रूपमा सिफारिश गर्न मलाई लाज लाग्थ्यो। तर, जब विश्व स्वास्थ्य संगठनले नै वनस्पतिको औषधीय गुणबारे बताउन थाल्यो, अनि भने मलाई पनि भएका ज्ञान बाँड्ने आँट पलाएको छ।

मेरो बिहान तुलसीको दुई पत्ता चपाएर शुरू हुन्छ। घरमा घाँटी दुख्यो, रुघा लाग्यो भने तुलसी नै पहिलो औषधि बन्ने गरेको छ। म यात्रामा निस्कँदा तुलसीको सुकाएको पत्ता बोक्न बिर्सन्न।

हिजोआज बजारमा तुलसीको चिया देख्छु। घरको तुलसीको बोट वास्ता नगर्नेहरूले पनि तुलसीको चिया चाहिं किन्दा रहेछन्। यसले तुलसीको व्यापारीकरण भएको देखाउँछ। व्यापारीकरणले प्रयोगसँगै मूल्य पनि बढाउँछ। विस्तारै मानिसले तुलसीको उपादेयता बुझन थालेका छन्।

तुलसी जस्तै करी पत्ता अर्थात् मीठो नीम श्रीलंका र दक्षिण भारतीय खानामा अत्यावश्यक मानिन्छ। साम्बर बनाउँदा करी पत्ताले खानामा स्वाद मात्र होइन पौष्टिक तत्व पनि थप्छ। करी पत्ता हाम्रै तराईमा पनि जताततै पाइन्छ, तर स्थानीय समुदायले त्यसको फाइदाबारे खासै थाहा पाएका छैनन्। करी पत्ताको प्रयोगले भिटामिन ए सहजै प्राप्त हुन्छ, साथै यसमा रहेको रेसादार पदार्थले कब्जियत हटाउन मद्दत गर्छ। यसलाई धनियाँसँग पिसेर खानेहरू पनि छन्।

गाउँघरका औषधिका रूपमा मान पाएका तितेपाती, बेसार, अमलालाई अहिले हेलाँ गर्न थालिएको छ। तितेपाती औषधिको रूपमा जापान निर्यात गरिन्छ। अकुप्रेसर र परम्परागत चिनियाँ औषधिमा यसको प्रयोग पर्याप्त हुन्छ। सुकेको तितेपातीको धूवाँले लामखुट्टे नआउने पनि विश्वास गरिन्छ। तर, हामीलाई तितेपाती भनेकै तितो मात्रै लाग्यो। धेरै पौष्टिक तत्व पाइने सिस्नोको स्थिति पनि यस्तै छ।

रैथाने ज्ञानलाई आदर नगर्ने प्रवृत्ति झाङ्गिदो छ। कसैले यसबारे कुरा गरिहाले हामी पुरातनवादी भन्दै उडाउँछौं। परिणाम, मान्छेसँगै ज्ञानको स्रोत र सीप पनि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

ललितपुरमा चार जनामा हैजा पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य

बागमती प्रदेश सरकारले क्यान्सरपीडितलाई एक लाख सहयोग गर्ने

  भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई

डेंगी नियन्त्रणका लागि स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली परिचालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने