सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न शिक्षामन्त्रीको आग्रह



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन् ।

सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहहरुलाई आग्रह गरेका हुन् ।

सेनिटरी प्याडको अभावमा छात्राहरुको पढाइमा कुनै समस्या हुन नदिन आवश्यक व्यवस्था मिलाउन पनि उनले आग्रह गरे । ‘सेनेटरी प्याडकै कारणले छात्राहरुको पढाई छुट्यो भन्ने कुरा सुन्नु नपरोस् । हर हालतमा गुणात्मक शिक्षाको प्रत्याभूति गर्नैपर्छ त्यसकै लागि राज्यले यो कार्यक्रम ल्याएको हो’, उनले भने ।

नेपालका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सोमबारबाट शुभारम्भ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप ११ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ११ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ स्थापना

काठमाडौं । कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ सञ्चालनमा आएको छ ।

थप ४ जनामा कोभिड संक्रमण,१८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ

थप १३ जनामा कोभिड संक्रमण, १७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ