अतिबिपन्न देशमा कुपोषण र मोटोपनाको दोहोरो मार



प्रतिष्ठित जर्नल ‘द ल्यान्सेट’मा प्रकाशित एउटा प्रतिवेदनअनुसार विश्वभरि अतिविपन्न देशहरूमध्ये एकतिहाइमा उच्च दरमा मोटोपना र कुपोषण दुवै समस्या देखा परेका छन्।

उक्त अध्ययनले न्यून आय भएका देशहरूले एकातिर कुपोषण तथा अर्कोतिर मोटोपनाको समस्या एकैपटक बेहोरिरहेको चेतावनी दिएको छ।

दुवैथरी समस्या एकै परिवारभित्र पाइएका समेत कैयौँ उदाहरण रहेको उसले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका निम्ति गरिएको उक्त अध्ययनले सुलभ एवं स्वस्थ खानाको पहुँचमा अभाव र प्रशोधित तथा तयारी खानेकुराको सहज उपलब्धतालाई यसका निम्ति दोषी मानेको छ।

अध्ययनकर्ताहरूले उक्त समस्याको कारक मानिएको “आधुनिक खाद्यप्रणाली”मा सुधारको वकालत गरेका छन्। खासगरी अफ्रिकाको ‘सब-सहारा’ क्षेत्र अनि एशियाका गरिब देशहरूमा यी समस्या देखा परेका छन्।

उक्त प्रतिवेदनको अनुमानबमोजिम पृथ्वीमा झन्डै दुई अर्ब ३० करोड बालबालिका तथा युवायुवती मोटोपनाले पीडित छन् भने १५ करोड बालबालिका कुपोषित छन्। कैयौँ न्यून तथा मध्यम आय भएका मुलुकहरूले यी दुवै समस्या एकैपटक बेहोरेका छन्। त्यसलाई ‘कुपोषणको दोहोरो मार’ भनिएको छ।

यी तथ्याङ्कको अर्थ हुन्छ – विश्वका २०% मानिसमा मोटोपना छ तथा चार वर्ष उमेरभन्दा मुनिका ३०% बालबालिका राम्ररी बढ्न सकेका छैनन् र २०% महिला दुब्ला छन्। प्रतिवेदनका अनुसार यी दुवै किसिमका ‘कुपोषण’बाट समुदाय तथा परिवारहरू एवं व्यक्तिहरू जीवनका विभिन्न कालखण्डमा ग्रसित हुन सक्छन्।

अध्ययनका अनुसार सन् १९९० ताका १२३ देशमध्ये ४५ देशमा यो समस्था देखिएको थियो भने सन् २०१० ताका त्यो सङ्ख्या १२६ देशमध्ये ४८ मा पुग्यो। सन् २०१० ताका विश्वका सबभन्दा न्यून आय भएका देशमध्ये १४ वटाले दोहोरो मार खेपे।

अध्ययनकर्ताहरूले यी समस्याका लागि बदलिँदो खानपानतर्फ औँला ठड्याउँदै सरकारहरू, संयुक्त राष्ट्रसङ्घ तथा प्राज्ञहरूलाई कदम चाल्न आह्वान गरेका छन्।

मानिसहरूको आहार र विहारको प्रवृत्तिमा परिवर्तन भइरहेको छ। बढ्दो सङ्ख्याका सुपरमार्केट, कम पोषिलो खानेकुराको सहज उपलब्धता एवं शारीरिक अभ्यासको अभावले गर्दा धेरै मानिसमा मोटोपना देखिएको छ।

यी परिवर्तनले न्यून तथा मध्यम आय भएका मुलुकमात्र होइन, उच्च आय भएका मुलुक पनि प्रभावित छन्। हुन त राम्ररी शारीरिक विकास हुन नपाएका बालबालिकाको सङ्ख्या विश्वभरि घट्दो क्रममा छ तर अतिप्रशोधित खानेकुराको प्रयोगले बालबालिकालाई पछिसम्म असर गर्ने गरेको पाइन्छ।

“हामीले पोषणबारे एउटा नयाँ वास्तविकता बेहोर्दैछौँ,” मुख्य लेखक डा. फ्रान्सेस्को ब्रान्काले बताए। उनी विश्व स्वास्थ्य सङ्गठनको पोषण विभागका निर्देशक पनि हुन्।

“अब हामी देशहरूलाई गरिब र कुपोषित अनि धनी र मोटोपनाग्रस्त भनेर सोझै वर्गीकरण गर्न सक्दैनौँ।” “सबै किसिमका कुपोषणको साझा पक्ष भनेको – बिग्रिँदै गएको खाद्यप्रणाली हो जसले मानिसहरूलाई स्वस्थ, सुरक्षित, सुलभ तथा दिगो पोषण दिन सक्दैन।”

ब्रान्काले यो प्रणाली सुधार्न उत्पादनदेखि प्रशोधन, व्यापारदेखि वितरण, मूल्य, बजारीकरण, लेबलिङदेखि उपभोगसम्म परिवर्तनको खाँचो औँल्याए।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना सङ्क्रमितको नाम रुजु गरिने

काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड–१९ को बीमा दाबी

थप १९८० जनामा कोरोना संक्रमण, ३०४३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको

अक्सफर्डको खोपले कोरोनाभाइरस सङ्क्रमणविरुद्ध ७० प्रतिशत सुरक्षा दिने

यूनिभर्सिटी अफ अक्सफर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा कोभिडको लक्षण बन्न नदिने

अमेरिकी नागरिकले डिसेम्बरदेखि कोभिडको खोप पाउने

कोभिड १९ को खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन