मोटा व्यक्तिको फोक्सोमा बोसो जमेको पहिलोपटक फेला



अधिक तौल भएका र मोटा व्यक्तिहरूको फोक्सोमा पहिलो पटक बोसोजस्तो तन्तु पाइएको छ। अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले ५२ जना मानिसहरूको फोक्सोको विश्लेषण गरेका थिए।

त्यस क्रममा शरीरको तौल अनुपातमा ती व्यक्तिहरूको फोक्सोमा बोसो बढेको पाइयो। उनीहरूले भनेका छन्- बढी तौल हुने र मोटा व्यक्तिहरूमा दमको जोखिम किन बढी हुन्छ भन्ने जवाफ यो अध्ययनबाट मिल्न सक्छ।

फोक्सो विज्ञहरूले भनेका छन्- त्यस्तो जोखिम घटाउँदा कम हुन जान्छ कि जाँदैन भनेर अध्ययन गर्नु रोचक हुनेछ। युरोपियन रेस्पिरेटोरी जर्नलमा प्रकाशित उक्त अनुसन्धानपत्रका अनुसार मृत्युपश्चात अनुसन्धानका लागि उपलब्ध गराइएका फोक्सोहरूको अध्ययन वैज्ञानिकहरूले गरेका थिए।

ती नमुनाहरूमध्ये १५ जनामा दम देखिएको थिएन, २१ जनामा दम थियो तर उनीहरूको अर्कै कारणले निधन भएको थियो भने १६ जनामा कुनै पनि रोग देखिएको थिएन।

अनुसन्धानकर्ताहरूले एडिपोज भनिने बोसो फोक्सोका ससाना वायु नलीका भित्ताहरूमा पाइएको र मोटा मानिसहरूमा त्यो बढी पाइएको बताएका छन्। वैज्ञानिकहरूले अनुसन्धानका लागि पाएका फोक्सोका १४ सयवटा एअरवेजहरूको अध्ययन रङ प्रयोग गरेर गरेका थिए।

अनुसन्धानकर्ताहरूले शरीरको तौल अनुपात बढी भएकाहरूको फोक्सोका वायुमार्गहरूस्थित भित्ताका तन्तुहरूमा बोसोयुक्त कुराहरू पाएका थिए। उनीहरू भन्छन्- बोसो बढ्नाले वायुमार्गहरूका संरचनामा परिवर्तन ल्याउँछ र फोक्सो सुन्निन्छ। त्यसका आधारमा मोटा व्यक्तिहरूमा दमको जोखिम बढी हुन्छ भन्न सकिन्छ।

उक्त अनुसन्धानमा काम गरेका पर्थस्थित वेस्ट्रन अस्ट्रेलिया विश्वविद्यालयका एकजना सहप्राध्यापक डा. पिटर नोबलले भने, “बढी तौल हुनु वा मोटो हुनु भनेको दम हुनु वा दम हुने सङ्केतसँग जोडिएको हुन्छ।”

“अनुसन्धानकर्ताहरूले वायु नलीमा बोसो जमेपछि वायु प्रवाह कम हुन जाने र त्यसका कारण दमको लक्षण बढ्ने कुरा विश्लेषण गर्न सकिन्छ।”

तर उनले भने- उनीहरूको अध्ययनले “अर्को तत्त्वले पनि त्यसमा भूमिका खेलिरहेको” सुझाएको छ। कतिपय वैज्ञानिकहरूले भने यसबारे थप अध्ययन आवश्यक रहेको बताएका छन्।

ब्रिटिस थोरासिक सोसाइटीकी विज्ञान समितिकी अध्यक्ष एलिजावेथ सापेले पहिलो पटक यो अनुसन्धानले शरीरको तौलको असर फोक्सोका वायुमार्गहरूमा रहेको देखाएको बताइन्। उनले यो सानो अध्ययन भएकाले यसलाई विस्तृत रूपमा थप अध्ययन गरिनुपर्नेमा जोड दिइन्।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन कमजोर बन्दैछन् नेपालीका हाड ?

काठमाडौँ । ‘हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि

 सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन

– डा बच्चुकैलाश कैनी नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको

गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौती

डा, नरेन्द्र लामिछाने नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी,