कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक


काठमाडौँ । सरकार अध्यादेशबाट अघि बढ्न खोजेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आज मध्यान्ह सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाइएको जानकारी दिएका छन् ।

अध्यादेशको विषयमा साझा धरणा बनाउन विपक्षी दलको बैठक बोलाइएको उनले बताए । विपक्षी दलमा कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।

रास्वपाको बहुमतको सरकारले संसद् अधिवेशन रोकेर संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।