काठमाडौँ । सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न माग गरेका छन् । अब प्रधानमन्त्री विपत् राहत कोष नाम राख्नुुपर्ने उनको माग छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै खरेलले बाढी, डुुबान, कटान, भुुइँचालो, आगलागी जस्ता घटना कि मानव सिर्जित कि प्राकृतिक हुने बताए । २०७४ सालमा बनेको विपत् जोखिम न्यूूनीकरण व्यवस्थापन ऐन, त्यस्तैगरी २०७४ र २०७६मा बनेको नियमावलीले पनि यसको पुष्टि गरेको उनको भनाइ छ । २०७४ को ऐनले २०३९ सालमा बनेको दैवी प्रकोप दैवी प्रकोप उद्धार ऐनलाई विस्थापित गरेपछि अब दैवी प्रकोप नरहेको पनि उनले बताए ।
भोटेकोशी बाढी पनि दैवी प्रकोप नभएको उनले बताए । भोटेकोशी बाढीपछि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत सर्वसाधारणलाई सहयोग जुटाइरहेको छ ।

प्रतिक्रिया