राष्ट्रपतिकी छोरीको नाम समानुपातिकको सूचीबाट फिर्ता


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी छन् । प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको पनि नाम थियो ।

सोमबार आयोगमा उनले नाम फिर्ता लिएकी हुन् । पोखरेलको नाम समानुपातिकमा राखिएको भन्दै आलोचना हुँदै आएको थियो ।