काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको हो ।
यसअघिको समिति भंग गरेर केसीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खातीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो ।
भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ । अब बाँकी प्रक्रिया सुरु गरिने नेताहरुले जानकारी दिएका छन् । विवाद समाधानका लागि दुई पक्षबीच वार्ता पनि भइरहेको छ ।

प्रतिक्रिया