शिक्षामन्त्री पुनको प्रश्नः विदेश घुमेर अर्थतन्त्र बन्छ ?


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा जान लागेको विषय विवादित भइरहेका बेला मन्त्री पुनले विदेश भ्रमणले मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका हुन् ।

उनले भनेका छन्, ‘लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गइन । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न । देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ??’