पार्टीलाई पुनर्गठित गर्ने पक्षमा उभिन महाधिवेशन प्रतिनिधिहरूलाई ईश्वर पोखरेलको आह्वान


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धति ठिक ढङ्गले चलाउन अध्यक्षमा आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले पार्टीलाई थप राम्रो बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । उनले भने, ‘हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो । अहिले खुल्ला अवस्थामा जनताको बहुदलीय जनवादले निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु अस्वभाविक रुपमा मानिँदैन ।’

उनले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुनव्र्यवस्थित गर्ने पक्षमा उभिन आह्वान गरे । पोखरेल र अध्यक्ष केपी शर्मा ओली प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।