काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा विवरण बुझाएको छ । पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको हो ।
५१ सदस्यीय पार्टीमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष प्रस्ताव गरिएको छ । यसअघि, गत साउनमा पार्टीले विवरण बुझाउँदा ज्ञानकुमार तामाङलाई अध्यक्षको रूपमा अघि सारेको थियो । कुलमान समर्थन रहेको भनिएपनि उनको नाम भने समावेश छैन ।


प्रतिक्रिया